-->
स्वीटजरल्याण्ड उड्न लागेका बेलायती दम्पत्ति विमानस्थलबाट पक्राउ

स्वीटजरल्याण्ड उड्न लागेका बेलायती दम्पत्ति विमानस्थलबाट पक्राउ

 काठमाडौं– स्वीटजरल्याण्ड जान लागेका बेलायती दम्पत्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेका छन्। बेलायती दम्पत्तिलाई विमानस्थलस्थित अध्यागमनको टोलीले शनिबार पक्राउ गरेको हो।




पक्राउ पर्नेमा बेलायती नागरिक म्याथु विलियम हर्ले र उनकी पत्नी लाउसा जेन हर्ले छन्। शनिबार अध्यागमनको टोलीले नियन्त्रणमा लिएका उनीहरुलाई अहिले प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ। तर उनीहरु किन पक्राउ परे भन्नेबारे आधिकारिक रुपमा कुनै निकायले बताउन चाहेको छैन।

स्रोतका अनुसार १४ वर्षीया एक नेपाली बालिकालाई तस्करी गरेर विदेश लैजान लागेको आरोपमा उनीहरु पक्राउ परेका हुन्। ती बालिकालाई स्वीटजरल्याण्ड लैजान लागेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो।

बेलायती दम्पत्तिलाई पक्राउ गरेर अध्यागमन कार्यालयले प्रहरीलाई बुझाएपछि प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ। प्रहरी स्रोतले बालिका तस्करी गर्न लागेको अरोपमा पक्राउ गरिएको बताए पनि यसबारे औपचारिक रुपमा कसैले प्रतिक्रिया दिन मानेका छैनन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) भरत बोहराले भने चेकजाँचका क्रममा अध्यागमनका कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा बेलायती दम्तत्तिलाई पक्राउ गरिएको बताए। अहिले उनीहरुमाथि अनुसन्धान सुरु गरिएको बोहराको भनाइ छ।

पक्राउ परेका दुबैजनामाथि अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको छ। बालिका तस्करी गर्न लागेको आरोपमा पक्राउ परका हुन्? भन्ने प्रश्नमा एसएसपी बोहराको जवाफ छ, ‘स्कलरसिपमा पढाउन भनेर बालिका लेजान लागिएको भन्ने बुझिएको छ।

के–कसरी लैजान लागेको हुन् भन्ने अहिले नै खुलेको छैन।’धर्मपुत्री बनाएर लैजान अहिले प्रतिबन्ध रहेकाले उनीहरुले स्कलरसिपमा अध्ययन गराउने बहाना बनाएर मानव तस्करी गर्न लागेको भनिएपनि अहिलेसम्म उक्त विषय पुष्टि हुन नसकेको प्रहरी स्रोतको भनाइ छ।

0 Response to "स्वीटजरल्याण्ड उड्न लागेका बेलायती दम्पत्ति विमानस्थलबाट पक्राउ"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article