-->
बालेनको कामको प्रशंसा गर्दै सागर ढकालले लेखेको स्टाटस बन्यो भाइरल, तान्यो सबैको ध्यान !

बालेनको कामको प्रशंसा गर्दै सागर ढकालले लेखेको स्टाटस बन्यो भाइरल, तान्यो सबैको ध्यान !

 काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आफै डोजर लिएर एक्सनमा उत्रिएपछि सर्वत्र प्रशंसा र वाहीवाही पाइरहेका छन् । अबैधानिक संरचना भत्काउन सुरु भएसंगै यस बिषयमा चर्चा, परिचर्चा र बहस भइरहेको छ । विभिन्न व्यक्तिहरुले विभिन्न किसिमले यो बिषयमा प्रतिक्रिया दिइरहेका छन् ।




नागरिक स्तरबाट बालेनले अभूतपूर्व समर्थन प्राप्त गरेका छन् भने विभिन्न राजनितिक पार्टीका केहि नेता र व्यापारीहरुले भने बालेनलाई नराम्रो समेत भनेका छन् । काग्रेस नेता मिन विश्वकर्मा र एमाले नेता महेश बस्नेतले खुलेरै बालेनको विरोध गरेका छन् । केहिले भने घुइरो घुइरो विरोध गरिरहेका छन् ।

जनस्तरबाट भने हामीले खोजेको मेयर यस्तै हो भन्दै बालेनले गतिलो समर्थन प्राप्त गरिरहेका छन् । देशभरी बालेनकै डोजरको चर्चा चलिरहेका बेला मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध डढेलधुराबाट उमेदवारी घोषणा गरेका सागर ढकालले यस बिषयमा मुख खोलेका छन् ।

बालेनले गरेको कामको प्रशंसा गर्दै सागरले एक जना बालेनले जित्दा त यस्तो अवस्था छ भने देशैभरीबाट १६५ जना बालेनले जितेमा कस्तो अवस्था होला ? भनेर भनेका छन् । भ्रष्टाचारी र देश विर्सेर पार्टीवादी बन्नेहरुको हालत कस्तो होला संघिय निर्वाचनमा स्वतन्त्रहरुले जितेमा भन्ने कल्पना उनले गरेका छन् ।

ढकालले आफ्नो सामाजिक संजालमा स्टाटस लेख्दै बालेनको कामले भ्रष्टहरुको मुटु हल्लिएको संकेत गर्दै सबैतिरबाट बालेन जस्तै उमेदवारहरुले जितेर आएमा कायापलटनै हुने दाबी गरेका छन् । ढकालले त्यो मौका आएको भन्दै मंसिर ४ को सदुपयोग सबैले गर्नु पर्ने भनेका छन् ।

बालेनको तारिफ गर्दै सागर ढकालले आफ्नो सामाजिक संजालमा लेखेको स्टाटस यस्तो छ एउटा बालेन आउँदा यस्तो छ , १६५ क्षेत्रमै बालेनहरु आए भने भ्रष्ट्राचारी र देश बिर्सेर पार्टीबाद भन्नेहरुको हालत अब ४/५ महिनामै के होला ? अब सक्षम पढेलेखेका अनुभवि जोस होस र देश विकास गर्ने हुटहुटि भएका २ करोड युवा बालेनहरुको पालो।

देशको माया लाग्छ भने देशभरि बालेनहरुलाई आउने चुनावमा खोजि खोजि सकेको मेहनत गरेर संघिय चुनाव जिताउनु होला। ३३ थोरै नयाँ होइन पुर्ण नयाँ ढकालले लेखेको यो स्टाटस भाइरल भएको छ । उनको समर्थनमा धेरैले सेयर र प्रतिक्रिया दिएका छन् ।

पाँच बर्ष अघि बिबिसीको साझा सवाल कार्यक्रममा प्रश्न गर्दा देउवाले तपाई बढ्ता बोल्दै हुनुहुन्छ भनेर थर्काएका युवा हुन् सागर ढकाल । अहिले उनी आफैँ देउवासँग प्रतिष्पर्धा गर्छु भन्दै डढेलधुराबाट प्रतिनिधीसभाको उमेदवार बनेर मैदानमा उभिएका छन् ।

देउवालाई हजुरबुवा भन्ने गरेका ढकालले अब नाती पुस्ताले यो देशको नेतृत्व गर्नु पर्ने बताउदै आएका छन् । यस पटक देउवालाई जसरी पनि चुनाव हराउने र बृद्धभक्ता खुवाउने उद्घोष सहित उनी मैदानमा उत्रिएका छन् । सागरले सांसद मात्रै होइन प्रधानमन्त्रीनै बन्ने महत्वाकांक्षानै राखेका छन् ।

0 Response to "बालेनको कामको प्रशंसा गर्दै सागर ढकालले लेखेको स्टाटस बन्यो भाइरल, तान्यो सबैको ध्यान !"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article