-->
कमल थापा भन्छन् विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिनसकिने व्यवस्था कायम गरेर सत्ता गठबन्धनले राष्ट्रघात गर्यो

कमल थापा भन्छन् विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिनसकिने व्यवस्था कायम गरेर सत्ता गठबन्धनले राष्ट्रघात गर्यो

 काठमाडौं २ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपतिद्वारा पुनर्विचारको लागि फिर्ता पठाईएको नागरिकता विधेयकमा पारित गरेर सत्ता गठबन्धनले राष्ट्रघात गरेको आरोप लगाएका छन् ।



आज बसेको संसद बैठकमा नागरिकता सम्बन्धी विधेयक दोस्रो पटक पारित बहुमतले पारित भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक अन्तत फेरि संसदबाट बहुमतले पारित भएपछि अध्यक्ष थापाले आक्रो
श पोखेका हुन् ।

उनले भनेका छन् , ‘विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिनसकिने व्यवस्था कायम गरेर सत्ता गठबन्धनले राष्ट्रघात गरेको छ’ ।

राष्ट्रपतिद्वारा उठाइएका गंभीर प्रश्नहरुको उपेक्षागरेर जस्ताको तस्तै प्रतिनिधिसभाले पारित गर्नु दुर्भाग्यपूर्ण भएको बताएका थापाले अघि भनेका छन् , ‘राष्ट्रपतिद्वारा पुनर्विचारको लागि फिर्ता पठाईएको नागरिकता विधेयकमा राष्ट्रपतिद्वारा उठाइएका गंभीर प्रश्नहरुको उपेक्षागरेर जस्ताको तस्तै प्रतिनिधिसभाले पारित गर्नु दुर्भाग्यपूर्ण छ।’

नागरिकता विधेयकमा आज सभामुख अग्निप्रसाद सापकोटाले पक्ष र विपक्षमा मतदान गराएका थिए । जसमा पक्षमा १३५ मत र विपक्षमा ६० मत परेको छ ।


0 Response to "कमल थापा भन्छन् विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिनसकिने व्यवस्था कायम गरेर सत्ता गठबन्धनले राष्ट्रघात गर्यो"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article