-->
भारतपछि नेपालमा पनि टिकटक बन्द ?

भारतपछि नेपालमा पनि टिकटक बन्द ?

 काठमाडौं ।




टिकटक चलाउँदा हामी धेरै रमाइला भिडियो बनाउँछौं। आफूले नबनाए पनि अरुको भिडियो हेर्छौ १५ सेकेन्डको एउटा राम्रो भिडियो देख्यौं भने हामी त्यसमै रमाउन थाल्छौँ। त्यस्ता भिडियोहरु पछि आफैँलाई हेर्न वा अरुलाई देखाउन मन लाग्छ। तर, दिनदिनै टिकटकमा यस्ता धेरै भिडियो बन्ने हुँदा आफूलाई मन परेको भिडियो भन्ने बित्तिकै देखिदैंन।

सप्तरीका युवाहरू टिकटक एप बन्द गर्ने अभियानमा जुटेका छन् । समाजमा अ श्लीलता बढिरहेको भन्दै युवाहरूले सप्तरीको राजविराजमा आज टिकटक एप बन्द गर्नका लागि प्रदर्शन गरे । विभिन्न ठाउँबाट टिकटक एप बन्दको आवाज आउन लागेका बेला टिकटक बन्द सङ्घर्ष समिति सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज ज्ञापनपत्र बुझाएको सङ्घर्ष समिति अभियानका जिल्ला संयोजक सच्चिदानन्द यादवले जानकारी दिनुभयो ।

प्रदर्शनमा उत्रेका युवाहरूले ‘टिकटक बन्द गर’, ‘टिकटकमा अ श्लीलता भिडियो बनाउनेलाई कारबाही गर’, ‘टिकटक भगाऊँ आफ्नो संस्कृति बचाऊँ’, ‘टिकटक बन्द सङ्घर्ष समिति जिन्दावाद’लगायतका नारासहित विरोध प्रदर्शन गरेका थिए ।

समाजमा अ श्लीलताको सीमा नाघ्दै सामाजिक सञ्जालको व्यापक दुरुपयोग भइरहेको युवाहरूको आरोप छ । नेपालमा टिकटकमा सामाजिक विकृति मौलाउने खालका गतिविधिहरु अधिक नै बढ्न थालेपछि टिकटक बन्द सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको हो ।

टिकटक प्लेटफर्ममा अश्लीलताबाहेक अन्य केही नदेखिएको भन्दै यसले समाजमा विकृति फैलाएको ठहर गर्दै यसलाई निषेध गर्न अपिल गरिएको छ । छिमेकी मुलुक भारतमा समेत टिकटकले गर्दा शैक्षिकस्तर खस्किन थालेपछि तथा झन विकृति फैलिन थालेपछि भारत सरकारले टिकटक बन्द गरेको छ ।

0 Response to "भारतपछि नेपालमा पनि टिकटक बन्द ?"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article