-->
विवाह गरेको ११ वर्षपछि आमा बन्दै चर्चित आरजे एवं पडकास्टर सविना कार्की

विवाह गरेको ११ वर्षपछि आमा बन्दै चर्चित आरजे एवं पडकास्टर सविना कार्की

 काठमाडौं :




विवाहको ११ वर्षपछि चर्चित आरजे एवं पडकास्टर सविना कार्की आमा बन्दै छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो ‘बेबी बम्प’ सहितको तस्वीर सार्वजनिक गर्दै आफु आमा बन्न लागेको जानकारी गराएकी हुन् ।

उनले आफु आमा बन्न लागेको जानकारी सहित स्टाटस र भीमनिधि तिवारीको मार्मिक कविता पनि सेयर गरेकी छन् । उनी आमा बन्न् लागेको खबर पछि उनका फ्यानहरुले उनलाई बधाइ दिइरहेका छन् ।

उनले स्टाटसमा लेखेकी छन्, ‘म पनि आमा बन्ने तर्खरमा छु । यस आमा शब्दको गुञ्जन सुन्ने दिव्य अवसर मलाई पनि मिल्नेछ । तपाईंको आशीर्वाद, शुभेच्छा, माया सधैं लेखिरहनुस् है ।’१५ वर्षसम्म रेडियो कान्तिपुरमा काम गरेकी सविना २०७३ सालमा रेडियो छाडेकी थिइन् । त्यसपश्चात उनी पडकास्टमा व्यस्त छिन् ।

सविना सन् २०११ मा अनिल पराजुलीसँग विवबाह गरेकी थिइन् ।कुनै समयकी हिट रेडियो जक्की उनलाई सामाजिक सञ्जालमा पछ्याउनेको संख्या लाखौं छ । सविना कार्की सम्भवतः सबैभन्दा बढी सुनिने नेपाली आरजे एवं पडकास्टर हुन् ।

0 Response to "विवाह गरेको ११ वर्षपछि आमा बन्दै चर्चित आरजे एवं पडकास्टर सविना कार्की"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article