-->
मोटरसाइकल चोरीको गिरोह पक्राउ गर्ने ईन्सपेक्टर सम्मानित

मोटरसाइकल चोरीको गिरोह पक्राउ गर्ने ईन्सपेक्टर सम्मानित

 भोजपुर- भोजपुुरमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ गर्ने ईन्सपेक्टर र बरिष्ठ प्रहरी हवल्दारलाई पौवादुङमा गाउँपालिकाले सम्मान गरेको छ ।




जिल्लाबाट हराएका मोटरसाईकल खोजीमा उत्कृष्ट काम गर्ने इलाका प्रहरी कार्यालय तिवारीभञ्याङका प्रहरी निरीक्षक अर्जुनकुमार अधिकारी र प्रहरी चौकी च्याङग्रेका इन्चार्ज बरिष्ठ प्रहरी हवल्दार हरि लामालाई गाउँपालिकाले सम्मान गरेको हो ।

अपराधिक घटना नियन्त्रणका साथै चोरी भएका मोटरसाइकल खोजीमा उत्कृष्ट काम गरेकाले उनिहरुलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । शान्ति सुरक्षा कायम गर्दै जनताको जनधनको रक्षा गर्न रातदिन खटने राष्ट्र सेवक प्रहरीको कामको मुल्याङ्कन गर्न सके थप काम गर्न हौसला मिल्ने अध्यक्ष राईको भनाई छ ।

अध्यक्ष राईका अनुसार यस अघि भोजपुरबाट हराएका मोटरसाइकल खोजीमा प्रहरी निरीक्षक अधिकारीको कमाण्डमा खटिएको प्रहरीले मोटरसाईकल सहित चोरीमा संलग्नहरुलाई पक्राउ गरेको थियो ।

अधिकारी नेतत्वमा खटिएको प्रहरीले जिल्लाको बिभिन्न ठाउबाट हराएका ४ ओटा मोटरसाइकल सहित चोरीमा संलग्न सखुवासभाका ७ जनाको गिरोहलाई नियन्त्रणमा लिएको हो ।

हराएका मोटरसाइकल प्रहरीको सकृयतामा फेला परे पछि स्थानीयले प्रहरीको कामलाई प्रशंसा गरेका छन् । चोरी भएका मोटरसाइकल सम्वन्धित मोटरसाईकलका धनीलाई जिम्मा लगाइ सकिएको जिल्ला प्रहरी कार्यालय भोजपुुरले जनाएको छ ।

0 Response to "मोटरसाइकल चोरीको गिरोह पक्राउ गर्ने ईन्सपेक्टर सम्मानित"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article