बनेपाको चारदोबाटोमा नेपाल प्रहरी र बन्दकर्ताबीच घम्साघम्सी
काठमाडौं ।
काभ्रेको बनेपास्थित चारदोबाटोमा नेपाल प्रहरी र बन्दकर्ताबीच घम्साघम्सी भएको छ। विप्लव सहित ४ कम्युनिस्ट पार्टीले नेपाल बनदको घोषणा गरेका छन्। बन्द गराउन सडकमा निस्किएका बन्दकर्ता र नेपाल प्रहरीबीच घम्साघम्सी भएपछि केहीबेर बनेपा तनावग्रस्त बनेको छ।
प्रहरीले केही बन्दकर्तालाई पक्राउ समेत गरेको छ। मंगलबार बिहानैदेखि उपत्यका लगायत देशका विभिन्न ठाउँमा बन्दको प्रभाव देखिन थालेका छन्। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन्।
त्यसैगरी, नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ। बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधनहरु निर्वाधरुपमा आवतजावत भइरहेका छन्। सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेको जानकारी दिएको छ। उता, नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बन्द गराउँदै हिँड्न खोज्ने १७ जनालाई पक्राउ परेका छन ।
0 Response to "बनेपाको चारदोबाटोमा नेपाल प्रहरी र बन्दकर्ताबीच घम्साघम्सी"
Post a Comment