-->
नेपालमा टिकटक बन्द गर्न गर्न एसपीलाई ज्ञापनपत्र

नेपालमा टिकटक बन्द गर्न गर्न एसपीलाई ज्ञापनपत्र

 नेपालमा भाईरस झैँ फैलिएको टिकटकका देखिएको विकृति न्यूनिकरण गर्नको लागि नेपालमा टिकटक बैन गर्न ज्ञापन पत्र बुझाउने क्रम जारी छ । धनुषा, महोत्तरीमा जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी) लाई ज्ञापन पत्र बुझाएकोमा आईतबार मधेश प्रदेशको रौतहटमा समेत ज्ञापन पत्र बुझाइएको छ ।




आईतबार जिल्ला प्रहरी कार्यालय रौतहटका एसपीलाई टिकटक बैन सँघर्ष समिति रौतहटले ज्ञापन पत्र बुझाएको हो । उनीहरुले एसपीलाई टिकटक एप बैन गर्न ध्यानाकर्षण गराएको हो । टिकटक प्लेटफर्ममा अश्लिलता बाहेक अन्य केही नदेखिएको भन्दै यसले समाजमा विकृति फैलाएको ठहर गर्दै बैन गर्न अपिल गरिएको छ ।

भारतमा समेत टिकटोकले गर्दा शैक्षिक स्तर खस्किन थालेपछि तथा झन विकृति फैलिन थालेपछि भारत सरकारले टिकटोक बैन गरिदिएको हो । जापान जस्तो प्रविधि प्रधान देशमा टिकटोक बैन गरिएको छ । नेपालमा टिकटकमा समाजिक विकृति मौलाउने खालका गतिविधिहरु अधिक नै बढन थालेपछि टिकटक बन्द सँघर्ष समितिले ज्ञापन पत्र बुझाउन थालेको छ ।

सिरहा, सप्तरी लगायतको जिल्लाहरुमा समेत जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने क्रम जारी रहेको छ । केही दिन अगाडी महोत्तरीमा जिल्ला प्रशासन कार्यालय मार्फत टिकटोक बैनको लागि ज्ञापन पत्र बुझाएपछि जलेश्वरकी दुई दिदीबहिनीको टिकटोक आईडी बैन भएको छ ।

नेपाल प्रहरी अन्तर्गतको साईबर ब्यूरोले टिकटक बैन गराउन अहम भूमिका निर्वाह गर्न सक्छ । यद्यपी, कम्लेन नै नपरेकोले साईबर ब्यूरोले पनि ध्यान दिएको छैनन् ।

0 Response to "नेपालमा टिकटक बन्द गर्न गर्न एसपीलाई ज्ञापनपत्र"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article