-->
राष्ट्रिय स्वतन्त्र पार्टीले १६ गते रामेछापको मन्थलीमा आम भेला गर्न, रवी लामेछाने पनि जादै

राष्ट्रिय स्वतन्त्र पार्टीले १६ गते रामेछापको मन्थलीमा आम भेला गर्न, रवी लामेछाने पनि जादै

 राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक गतिबिधि लाइ तिब्रता दिएको छ । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो बिहिबार रामेछापमा पहिलो जिल्ला भेला तथा पार्टीको समिति विस्तार गर्ने भएको छ ।




देशका विभिन्न जिल्ला÷प्रदेशमा तिब्र गतिमा समिति गठन अगाडि बढाएको पार्टीले पार्टीका केन्द्रिय सभापति रवी लामेछाने सहित पार्टीका केन्द्रिय टिमको उपस्थितिमा जिल्ला भेला गर्न लागेको पार्टीका समर्थित युवा रामेछापले जनाएको छ । पार्टी समर्थित युवाको समूहले प्रचारप्रसार पनि तिब्र पारेको छ ।

उनीहरुले समितिमा बस्न चाहाने वा पार्टीमा जोडिन चहानेहरु कार्यक्रममा उपस्थित हुन सार्वजनिक आह्वन समेत गरेका छन् ।१६ गते सदरमुकाम मन्थली स्थित तामाकोशी अस्पताल नजिकै भुकम्प आवसिय हलमा कार्यक्रम गर्न लागेको आफूलाई रा.स्व.पा‍. समर्थक युवा भन्ने प्रकाश थापाले जानकारी दिए ।

उता नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला कमिटी सोलुखुम्बुले आगामी मङ्सिर ४ गते हुने संघ तथा प्रदेस सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

शनिवार बसेको पार्टीको सचिवालय बैठकले संघीय संसद अन्तरगत प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ आङङिमा लामाको एकल सिफारिस गरेको छ भने समानुपातिकतर्फ आङकामी शेर्पा र ङिमादिकी शेर्पालाई सिफारिस गरेको छ ।

त्यस्तै, प्रदेस सभा सदस्यका लागि प्रदेस सभा ‘क’ बाट प्रत्यक्षमा डिल्लीबहादुर राई, भिमकुमार शर्मा र हेरम्बराज बाँस्तोला सिफारिस भएका छन् भने समानुपातिकतर्फ प्रदेस सभा ‘क’ का लागि मोहनकुमारी भट्टराई बाँस्तोला र रामकुमार राईलाई सिफारिस गरिएको छ ।

प्रदेस सभा ‘ख’ बाट प्रत्यक्षतर्फ दोर्जीशुसिल शेर्पा र समानुपातिकतर्फ जिल्ला अध्यक्ष दोर्जीजाङ्बु लामा र सन्तोष थापामगरको नाम सिफारिस गरिएको जिल्ला सचिब डिल्ली राईले जानकारी दिए ।

0 Response to "राष्ट्रिय स्वतन्त्र पार्टीले १६ गते रामेछापको मन्थलीमा आम भेला गर्न, रवी लामेछाने पनि जादै"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article