-->
विप्लवका कार्यकर्ता नै विष्फोटक पदार्थ राख्दै सकडमा देखिन थाले, सेनाको टोली शंकास्पद बस्तु राखिएको स्थानमा पुग्यो

विप्लवका कार्यकर्ता नै विष्फोटक पदार्थ राख्दै सकडमा देखिन थाले, सेनाको टोली शंकास्पद बस्तु राखिएको स्थानमा पुग्यो

 काठमाडौं ।




नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज मंगलबार आह्वान गरेको बन्दका कारण शैक्षिक क्षेत्र र यातायात प्रणाली प्रभावित भएको छ । बन्दका कारण राजधानी बाहिर पनि लामो दूरीका सवारीहरु कमै मात्रामा चलेका छन् ।

राजधानीबाट बाहिर जाने सवारी साधनहरु मंगलबार बिहान ज्यादै न्युन मात्रामा गएका छन् । राजधानीभित्र बजार खुलेको र यातायात चलेको भए पनि अधिकांश शैक्षिक संस्था मंगलबार बन्द रहेका छन् ।

यस्तै, कैलालीमा बन्दकर्ताले दुई ठाउँमा विष्फोटक पदार्थ राखेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलको सडकखण्ड र हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको कैलाली प्रहरीले जनाएको छ । सोमबार राति छुटेका गाडीहरुलाई भने प्रहरीले स्कटिङ गरेर गन्तव्यसम्म पठाइरहेको बताइएको छ ।

0 Response to "विप्लवका कार्यकर्ता नै विष्फोटक पदार्थ राख्दै सकडमा देखिन थाले, सेनाको टोली शंकास्पद बस्तु राखिएको स्थानमा पुग्यो"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article