-->
बेलायती किसानले सबैभन्दा लामो काँक्रो फलाएर राखे विश्व कीर्तिमान, भन्छन ‘यस अघि पनि पटक पटक प्रयास गरेको थिए बल्ल सफल भए’

बेलायती किसानले सबैभन्दा लामो काँक्रो फलाएर राखे विश्व कीर्तिमान, भन्छन ‘यस अघि पनि पटक पटक प्रयास गरेको थिए बल्ल सफल भए’

 काठमाडौं ।




सबैभन्दा लामो काँक्रो फलाएर बेलायती किसानले विश्व कीर्तिमान कायम गरेका छन् । सेबास्टियन सुस्कीले १ सय १३ दशमलब ४० सेन्टिमिटर लामो काँक्रो फलाएर गिनिज बुकमा आफ्नो नाम लेखमाउन सफल भएका हुन् ।

पोल्याण्डमा जन्मिएका सेबास्टियन साउथह्याम्पटनको लर्डशिलमा परिवार सहित बस्दै आएका छन् । उनले त्यहा मौरीपालन व्यबसाय गर्दै आएका छन् ।

७ वर्षदेखि ठूलो आकारका तरकारीहरु फलाउँदै आएका सेबास्टियनले कीर्तिमानी काँक्रो फलाउने प्रयास यसअघि पटक पटक प्रयास गरेपनि उनी बल्ल आएर सफल भएका हुन् ।

यसअघिको कीर्तिमानधारी काँक्रोभन्दा सेबास्टियनले फलाएको काँक्रो ६ सेन्टिमिटर लामो रहेको बताइएको छ । ४४ वर्षीय सेबास्टियन ले अत्यधिक लामो आकारका काँक्रो फलाउनु निकै जोखिमपूर्ण काम भएको बताएका छन् ।

0 Response to "बेलायती किसानले सबैभन्दा लामो काँक्रो फलाएर राखे विश्व कीर्तिमान, भन्छन ‘यस अघि पनि पटक पटक प्रयास गरेको थिए बल्ल सफल भए’"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article