-->
माओवादीले कुलमान घिसिङलाई काठमाडौं- ३ बाट उम्मेदवार बनाउने, के गर्लान कुलमान ?

माओवादीले कुलमान घिसिङलाई काठमाडौं- ३ बाट उम्मेदवार बनाउने, के गर्लान कुलमान ?

 शनिबार अर्थात् ११ भदौमा माओवादीको उपत्यका विशेष प्रदेश कमिटी बैठकमा प्रचण्डले भनेका थिए—हामी बालेनकोभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौँ ।




शनिबार दिउँसो बानेश्वरको एक पार्टी प्यालेसमा कार्यकर्तालाई बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने बताएका प्रचण्डले त्यसको संकेत पनि गरेका थिए । त्यतिबेला प्रचण्डले भनेका थिए, ‘हामी उम्मेदवार पनि नयाँ नयाँ मान्छे लिएर आउने सोच्दैछौँ, नयाँ मान्छे, तपाईंहरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो पनि ।’

प्रचण्डले नयाँ मान्छे भनेर काठमाडौंमा कम्तिमा २ सीट जित्ने रणनीति लिएको पनि बताएका थिए । बोल्ने क्रममा प्रचण्डले बागमती प्रदेशमा माओवादी अहिले एमालेभन्दा अघि रहेकोले प्रतिनिधिसभा चुनावमा पनि अघि हुने गरी जाने बताएका थिए । त्यसका लागि काठमाडौंमा शून्य रहेको माओवादीले कम्तिमा २ सिट जित्ने बताएका थिए ।

प्रचण्डले त्यसो भन्नुको अर्थ काठमाडौं निर्वाचन क्षेत्र ३ बाट कुलमान घिसिङलाई ल्याउने सन्दर्भसँग जोडिएको थियो । माओवादीका केन्द्रीय सदस्य बद्री बजगाईंका अनुसार काठमाडौ ३ नम्बर क्षेत्रबाट घिसिङलाई उम्मेदवार बनाउने तयारी भएको छ । सोही क्षेत्रका नेता बजगाईंले भने, ‘काठमाडौं ३ बाट कुलमान घिसिङलाई उम्मेदवार बनाउने तयारी भएको छ ।’

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले नै घिसिङसँग समन्वय गरिरहेका छन् । उनीहरू दुई जनाबीच भइरहेको संवाद पार्टीको तल्लो तहमा धेरै चुहिएको छैन । तर, प्रचण्डले उपत्यका कमिटीलाई शनिबार भनेको नयाँ मान्छे तिनै कुलमान घिसिङ भएको पनि विश्लेषण भइरहेको छ ।

आउँदो १८ भदौभित्र घिसिङको चुनाव उठ्ने विषयमा टुंगो लाग्ने पनि बताइएको छ । माओवादीस्रोतका अनुसार प्रचण्डले घिसिङलाई काठमाडौं ३ बाट उम्मेदवार बनाउन राजी भइसकेका भए पनि घिसिङले थप निर्णय भने दिइसकेका छैनन् ।

स्रोतका अनुसार घिसिङले चुनावपछि पार्टी सरकारमा गएको अवस्थमा उर्जा, सिँचाई तथा जलस्रोतमन्त्री बनाउनुपर्ने सर्त राखेका छन् । त्यसमा प्रचण्ड भने सकरात्मक भइसकेका छन् । सोहीकारण १८ भदौभित्र घिसिङको विषय टुंगो लाग्ने बताइएको हो ।

रामेछाप स्थायी घर भएका घिसिङले काठमाडौं ३ रोज्नुमा उनको आफ्नो प्रभाव क्षेत्रको रूपमा पनि लिइएको छ । तुलनात्मक रूपमा माओवादीको राम्रो पकड रहेको यो क्षेत्रमा माओवादीका प्रभावशाली नेता थिएनन् ।

मजदुर नेता गणेश रेग्मी विवादास्पद भई भ्रष्टाचारको मुद्दामा परेपछि उनी राजनीतिबाट पलायन हुने स्थितिमा पुगेका छन् ।यो क्षेत्रका इमानदार मानिएका नेता बद्री बजगाईं पार्टी विभाजनमा मोहन वैद्यसँग लागेका कारण यो क्षेत्रमा माओवादीको गतिलो नेता नभएको टिप्पणी भएको थियो ।

बजगाईं केही महिनाअघि माओवादी केन्द्रमा फर्किएका भए पनि उनी संघको उम्मेदवार हुने सम्भावना छैन । त्यसैले, उज्यालो नेपालका अभियन्ताको रूपमा चर्चित घिसिङको लोकप्रियताका कारण माओवादीले उनलाई उम्मेदवार बनाउन खोजिएको पनि देखिन्छ ।

0 Response to "माओवादीले कुलमान घिसिङलाई काठमाडौं- ३ बाट उम्मेदवार बनाउने, के गर्लान कुलमान ?"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article