-->
बनेपामा युवालाई कुटपिट गर्ने साधा पोशाकका प्रहरी हुन, हिसाब हुन्छ’: विप्लव पुत्र

बनेपामा युवालाई कुटपिट गर्ने साधा पोशाकका प्रहरी हुन, हिसाब हुन्छ’: विप्लव पुत्र

 काठमाडौं । बन्दको दिन मंगलबार बनेपामा एक युवकलाई बसका चालक/सहचालकले कुटपिट गरेको भन्दै भिडियो भाइरल भयो।




सो भिडियो भाइरल भएपछि मिडियामा ‘स्थानीयले विप्लव कार्यकर्तालाई लेखेटेर कुटे’ भन्दै समाचार सार्वजनिक भए। तर, विप्लव नेकपाले त्यहाँ आफै तोडफोड गरेर आफ्नो कार्यकर्तालाई कुटपिटमा संलग्नहरु स्थानीय नभई ‘साधा पोसाकका प्रहरी’ रहेको जनाएको छ।

नेकपा निकट विद्यार्थीहरुले सडकमा झाडु लिएर सरसफाई गरिरहेका बेला योजनाबद्ध रुपमा घटना गराइएको आरोप छ। बन्दलाई नकरात्मक प्रचार गर्न साधा पोसाकका प्रहरी नै परिचालित गरेर सरकारले नै योजनाबद्ध रुपमा घटना गराएको विप्लव नेकपाको भनाई छ।।

विप्लव पुत्र प्रकाशले बनेपा घटनामा भिडियोमै प्रस्ट रुपमा ढाका टोपी लगाएको सिभिल ड्रेसको प्रहरी देखिएको भन्दै उनको ‘हिसाब’ हुने चेतावनी दिएका छन्।

विप्लव नेकपा सहित ४ दलले पनि मंगलबार साँझ विज्ञप्ति जारी गर्दै बनेपा, काठमाडौंको बुद्धनगरमा पनि ‘प्रहरी भिजिलान्ते’ प्ररिचालन गरि घटना घटाउन खोजिएको जनाएका छन्। त्यस्तालाई सरकारले कारवाही नगरे आफूहरुले गर्ने विज्ञप्तिमा उल्लेख छ।

0 Response to "बनेपामा युवालाई कुटपिट गर्ने साधा पोशाकका प्रहरी हुन, हिसाब हुन्छ’: विप्लव पुत्र"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article