श्रमदान नगर्ने विद्यार्थीहरु परीक्षामा उत्तिर्ण नहुने नियम लागु गर्ने मेयर हर्क साम्पाङको घोषणा
धरानका मेयर हर्क साम्पाङले श्रमदान नगर्ने विद्यार्थीहरु परीक्षामा उत्तीर्ण नहुने नियम लागू गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरेका हुन्।
उनले लेखेका छन्, ‘धरानको विकासका लागि श्रमदान नगरे कक्षा उतीर्ण नहुने नियम लागू गरिने छ।’ उनले श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न नखोजेको बताउँदै लेखेका छन्, ‘श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न खोजेको होइन प्रतीकात्मक हुनेछ विद्यार्थीको सहभागिता।’
विद्यार्थीको सहभागीता प्रतिकात्मक हुने उनको भनाइ छ। उनको स्टाटसमा धेरैले आलोचना गरेपछि साम्पाङले फेरि अर्को स्टाटस लेख्दै भनेका छन्, ‘धरान नगरको बिकासको लागि ९,१०,११ र १२ कक्षामा पढ्ने प्रत्येक विद्यार्थीले कम्तीमा बर्षमा ७ दिन सकेको श्रम गर्नु पर्छ १ त्यो श्रम सरसफाइ, वृक्षरोपन लगायत जे पनि हुन सक्छ।’
यद्यपी उनको यो स्टाटस गैरजिम्मेवार र गैरकानूनी भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ। लगत्तै मेयर साम्पाङले फेरि अर्को स्टाटस लेख्दै माटो नछुनेले माटो बेचेर सकाउने भन्दै अहिलेको शिक्षाले आश्वासन दिएर परनिर्भरता बनाएको बताए ।
उनले भनेका छन्, ‘माटो नछुनेले माटो बेचेर सकाउँछन् । आजको शिक्षाले हामीलाई सिसाको अफिसमा दिने आश्वासन दिएर गोलभेडा, आलु र प्याज समेत भारतबाट किनेर खाने गरी कंगाल बनायो ।’
यता, धरान उप-महानरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत मनोज भट्टराईले भने बालबालिकाको श्रमदान सम्बन्धी नीति बनाउने तयारी नरहेको बताए ।
उनले अनलाइनखबरसँय भने, ‘बालबालिकाले दिनुपर्ने श्रमदान सम्बन्धी नीति बनाउने तयारी त भएको छैन । मेयर ज्यूले हामीलाई केही भन्नुभएको छैन । अब भन्नुहोला कि ।’ नेपालको कानूनले बाल श्रमलाई निषेध गरेको छ।
0 Response to "श्रमदान नगर्ने विद्यार्थीहरु परीक्षामा उत्तिर्ण नहुने नियम लागु गर्ने मेयर हर्क साम्पाङको घोषणा"
Post a Comment