तनहुँ चितुवाले पाँच वर्षीय बालकलाई आक्रमण गर्यो
तनहुँ तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारको तल्लोटारमा बुधबार साँझ चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् । सोही वडा निवासी पाँच वर्षीय बालक सुलभ परियार चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।
घाइते बालकको डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । केही महिनाअघि सोही वडामा एक बालकको चितुवाको आक्रमणबाट निधन भएको थियो भने दुई जना घाइते भएका थिए ।
0 Response to "तनहुँ चितुवाले पाँच वर्षीय बालकलाई आक्रमण गर्यो"
Post a Comment