आफुविरुद्ध मुद्धा हाल्ने सुचना पाएपछि मेयर बालेनले आकस्मिक चाले यस्तो महत्वपूर्ण कदम
काठमाडौं १३ भदौ ।
काठमाडौं महानगरपालिकाको कानून सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याल नियुक्त भएका छन् । आइतबार बसेको महानगरको बैठकले अर्याललाई सल्लाहकार नियुक्त गरेको हो ।
बैठकमा मेयर बालेन्द्र साहले अर्याललाई कानूनी सल्लाहकार नियुक्त गर्ने प्रस्ता राखेका थिए । तथापी, महानगरले निणर्य गरेपनि सम्झौता हुन बाँकी रहेको बताइएको छ ।
विशेष सुचना अनुसार केहि दिन देखि अवैध रुपमा निमार्ण भएका संरचना भत्काउन सुरु गरेको महानगरका मेयर साह विरुद्ध व्यवसायीले मुद्धा हाल्ने सुचना मेयर साहले थाहाएपछि उनले कानूनी प्रतिरक्षाको लागि अर्याललाई सल्लाहकार नियुक्त गरेको बुझिएको छ ।
अधिवक्त्ता अर्याल गोविन्द केसी फर अलाइन्स अभियानमा सक्रिय रहँदै आएका छन् ।
0 Response to "आफुविरुद्ध मुद्धा हाल्ने सुचना पाएपछि मेयर बालेनले आकस्मिक चाले यस्तो महत्वपूर्ण कदम"
Post a Comment