-->
टिकटक अकाउन्ट ब्याण्ड भएपछी दिदीबहिनी दुवै डिप्रेशनमा

टिकटक अकाउन्ट ब्याण्ड भएपछी दिदीबहिनी दुवै डिप्रेशनमा

 टिकटकमा नाच्दै आएकी जलेश्वरकी दुई दिदी बहिनीको टिकटक आईडी बैन गरिदिएको छ । नेपालमा टिकटक बैन सँघर्ष समितिले केही दिन अगाडी महोत्तरीको सिडिओ र एसपीलाई टिकटक बैनको लागि ज्ञापन पत्र बुझाएको थियो ।




टिकटकमा छाडा गीतहरुमा नाच्दै वर्तमान समाजलाई अपच हुने खालको कामुक कुराहरु गरेर भिडियो बनाउने दुवै दिदीबहिनीको आईडी टिकटकले बन्द गरिदिएको छ ।

केटाहरुलाई लाईभमा बोलाउन “हमर फेफरा, हमर मुटु” जस्ता शब्दहरु भनेर कामुक कुराहरु गर्ने जलेश्वर बस्ने सोनाली मण्डल र सोनम मण्डललको आईडी टिकटकले बैन गरिदिएको हो । टिकटकमा केही पैसा कमाउनको लागि विदेश बस्ने युवकहरुसँग कामुक कुराहरु गरेर गिफ्ट लिने प्रवृति टिकटकमा देखिएको छ ।

टिकटकले गर्दा वर्तमान समाजलाई विकृतिको खाल्डोमा पुरयाइदिएको छ भने शिक्षाको स्तर दिनानुदिन न्यून हुँदै गएको छ । पहिला अध्ययन अध्ययापन गर्ने विद्यार्थीहरु अहिले पढाई लेखाई छाडेर मात्र टिकटकमा दिनरात लागिरहेको देखिएको छ ।

टिकटक बैन सँघर्ष समितिले जलेश्वरबाट दुई दिदीबहिनीको टिकटक आईडी बैन गरेपछि अब अर्का टिकटकको आईडी बैन गर्नको लागि सँघर्ष गरिरहेको बताइएको छ ।

0 Response to "टिकटक अकाउन्ट ब्याण्ड भएपछी दिदीबहिनी दुवै डिप्रेशनमा"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article