९ वर्षपछि अमेरिकाबाट नेपाल फर्किएकी श्रीमतीको विभत्स ह त्या गरी लोक बहादुरले ३ छोरालाई टुहुरो बनाएपछी….
काठमाडौं ।
पोखराको छिनेडाँडामा खु कुरी प्र हार गरी श्रीमानले श्रीमतीको ह त्या गरेका छन्। पोखरा महानगरपालिका वडा नं -१४ छिनेडाँडा राधाकृष्ण मार्गस्थित घरायसी विवादमा ४६ वर्षीय श्रीमान लोक बहादुर गुरुङले आफ्नै श्रीमती ४४ वर्षीया विमला गुरुङलाई टाउकोमा खु कुरी प्र हार गरी ह त्या गरेका हुन्।
कास्कीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काका अनुसार घटनाको सूचना लगत्तै खटिएको प्रहरीको टोलीले विमलालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगेकोमा उनको अन्दाजी बिहान ११ बजे मृ’त्यु भएको हो।
घ’टनामा श्रीमान् लोक बहादुर गुरुङ पनि घाइते छन्। प्रारम्भिक अनुसन्धानमा लोक बहादुरले श्रीमतीलाई टाउकोमा खु कुरी प्र हार गरी आफैलाई पेटमा खु कुरी प्र हार गरेको देखिएको निरिक्षक खड्काले गण्डक न्युजलाई बताए। उनको अवस्था समेत गम्भीर रहेकाले विस्तृत विवरण खुल्न नसकेको उनले बताए ।
पोखरा -१४ का वडा अध्यक्ष बोधराज कार्कीका अनुसार श्रीमती विमला हालैमात्र वैदेशिक रोजगारबाट नेपाल आएको बुझिएको छ । उनिहरुका तीनजना छोराहरु छन्।
https://youtu.be/IRZhrFnOV_s
त्यसैगरी, अफगानिस्तान पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–२१ गितानगर घर भई काठमाडौं बसुन्धरा बस्ने राप्ती प्लेसमेन्ट सर्भिस प्रालीका सञ्चालक ३९ वर्षीय रविन्द्र अधिकारी छन् । उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
मासिक एक लाख रूपैयाँ भन्दा बढी तलब हुने गरी अफगानिस्तानमा सेक्युरिटी गार्डको काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट ८ लाख रूपैयाँ लिई उनी सम्पर्क विहीन भएका थिए । पीडितहरुको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३ बसुन्धराबाट उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।
0 Response to "९ वर्षपछि अमेरिकाबाट नेपाल फर्किएकी श्रीमतीको विभत्स ह त्या गरी लोक बहादुरले ३ छोरालाई टुहुरो बनाएपछी…."
Post a Comment