-->
मेरिल्याण्डकी छात्रा दिया कक्षा १२ मा नेपाल प्रथम

मेरिल्याण्डकी छात्रा दिया कक्षा १२ मा नेपाल प्रथम

 विराटनगरस्थित मेरिल्याण्ड कलेजकी छात्रा दिया अग्रवाल कक्षा १२ को बोर्ड परीक्षामा नेपाल प्रथम भएकी छन् ।राष्ट्रिय परीक्षा बोर्डद्वारा गत ज्येष्ठ महिनामा लिएको कक्षा–१२ परीक्षाको शुक्रबार प्रकाशित नतिजामा विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा अग्रवाल नेपाल प्रथम भएकी हुन् ।




उनले देशभरिकै कलेजका विद्यार्थीहरूलाई पछि पार्दै ३.९६ जिपिए ल्याएर नेपाल प्रथम भएको कलेजले दाबी गरेको छ । अग्रवाल पढाइमा एकदमै लगनशिल भएको कारणले अहिले आएर सफलता प्राप्त मिलेको अंग्रजी शिक्षक ईश्वर दाहालले बताए ।

भविष्यमा सिए पढ्ने इच्छा राखेकी दियाको उपलब्धिप्रति आमाबुबाले निकै खुसी व्यक्त गरेका छन् ।२०७५ सालमा कलेजकी छात्रा द्वय पूजा शाह र निशा पोख्रेल समान ३.९२ जिपिए ल्याई मेरिल्याण्ड नेपाल प्रथम भएको थियो । व्यवस्थापन शिक्षामा राष्ट्रिय पहिचान बनाउन सफल मेरिल्याण्ड कलेज पूर्वकै अग्रणी शैक्षिक संस्थामा पर्दछ ।

गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले मेरील्याण्ड कलेजले हरेक वर्षको नीतिमा विद्यार्थीहरूले सर्वोत्कृष्ट नतिजा ल्याउँदै गरेको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।

यो पनि – विराटनगर ११ मा रहेको शान्ति युवा क्लबले १० हप्ते वृक्षारोपण कार्यक्रम अन्तर्गत आज शनिबार पनि निरन्तरता दिएको छ ।गत भदौ ११ गते शनिबारदेखी थालेको वृक्षारोपण कार्यक्रमलाई आज दोस्रो साता पनि विभिन्न रुखका विरुवाहरु रोपेर अभियानलाई निरन्तरता दिएको हो ।

यस अघि विराटनगर १३ मा अवस्थित पुर्वाअञ्चल बाल आश्रमबाट वृक्षारोपण कार्यक्रमको सुरुवात गरेको थियो । यसैविच क्लवले आज शनिबार विराटनगर ११ स्थित जनपथ स्कुल परिसरमा असोकका विरुवाहरु रोपेको थियो ।

वृक्षारोपण कार्यक्रममा मुनलाइट युवा क्लब, द रेयुकाईकी रिंकु परियार, जनपथ स्कुलका प्रधानध्यापक हरि पराजुली अन्य शिक्षक शिक्षिका तथा क्वलका पदाधिकारीहरुको सहभागिता रहेको क्लबका सस्थापक अध्यक्ष विपुल चौधरीले जानकारी दिए । साथै क्लवले वृक्षारोपण कार्यक्रम सहभागी हुन ईच्छुक व्यक्तिहरुलाई पनि आह्वान गरेको छ ।

0 Response to "मेरिल्याण्डकी छात्रा दिया कक्षा १२ मा नेपाल प्रथम"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article