-->
पावर देखाएर गरिबको छोरो थुन्ने मन्त्री श्रेष्ठ बिरुद्द मुदा दर्ता गरिदै

पावर देखाएर गरिबको छोरो थुन्ने मन्त्री श्रेष्ठ बिरुद्द मुदा दर्ता गरिदै

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छायासेन्टरमा रहेको भिएफएसका एक जना सुरक्षा गार्डलाई प्रहरीले अहिले हिरासतमा राखेको छ।




मन्त्रीलाई लाइनमा बस्नुस् भनेकै आधारमा सुरक्षा गार्ड शेरजंग गुरूङलाई प्रहरीले पक्राउ गरेको थियो। आफ्नो जिम्मेवारी पूरा गर्दा गुरूङलाई पक्राउ गर्नु गलत भएको भन्दै अहिले चौतर्फी आलोचना भइरहेको छ। मन्त्री श्रेष्ठले भने गुरूङले आफूलाई र आफ्ना अंगरक्षकलाई दुर्व्यवहार गरेको दाबी गर्दै आएका छन्।

गुरूङलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद पनि लिएको छ। गुरूङले काम गर्ने गरूड सेक्युरिटिजले भने उनले कुनै गल्ती नगरेको दाबी गर्दै घटनाको सिसिटिभी फुटेज देखाउन माग गरेको छ।

गरूड सेक्युरिटिजका प्रशासकीय अधिकृत अभिषेक कार्कीले आफ्ना सुरक्षा गार्डले कुनै गल्ती नगरेको बताएका छन्।गुरूङले आफूलाई दिइएको निर्देशनअनुसार काम मात्रै गरेको उनले बताए। ‘गार्डले गल्ती गरेको छैन। जे निर्देशन दिइएको छ त्यही काम गर्दाखेरी माफी माग्नुपर्ने कुनै कारण छैन,’ उनले भने।

स्रोतका अुनसार मन्त्री श्रेष्ठले अप्रत्यक्ष रूपमा गरूड सेक्युरिटिजले सार्वजनिक रूपमा माफी माग्न दबाब दिइरहेका छन्। तर सेक्युरिटिजले आफ्नो गल्ती नभएको अडान लिएको छ। आफ्ना गार्डलाई हिरासतमा राखेपछि सेक्युरिटिजले बन्दीप्रत्यक्षीकरणको मुद्दा पनि हाल्ने तयारी गरिरहेको प्रशासकीय अधिकृत कार्कीले बताए।

त्यसका लागि आफूहरूले भिएसएफसँग सिसिटिभी फुटेज माग गरिरहेको पनि उनले बताए। ‘बन्दी प्रत्यक्षीकरणको मुद्दा पनि हाल्न भिएसएफसँग कुराकानी भइरहेको छ। हामीले फुटेज दिनुस् भनेका छौं,’ उनले भने, ‘फुटेजमा मन्त्रीजी नै एग्रेसिभ हुनुभएको देखिन्छ। गार्डले सम्झाउनुभएको हो।

हामीले यो फुटेज बाहिर आउँदैन तपाईंहरूले नै बोकेर आउनुस्। तपाईंहरूले नै अदालतमा बुझाएर फेरि फिर्ता लगिदिनुस् पनि भनेका छौं । तर त्यो काम भइसकेको छैन।’ घटनाबाहिर आएपछि आइतबार आफूले सिसिटिभी फुटेज हेरेको कार्कीले बताए। त्यसमा धक्कामुक्का त परको कुरा छोएको पनि नदेखिएको उनी बताउँछन्।

‘फुटेजमा धक्कामुक्की त्यस्तो केही भएको छैन। कसैले कसैलाई छोएको छैन। बीचमा मन्त्रीजी चाहिँ आवेगमा आएर गुरूङजीपट्टी जंगिएर जान खोज्नुहुन्छ,’ उनले भने, ‘मन्त्रीजीको श्रीमतीले चाहिँ हातले छेक्न खोजेको जस्तो देखिन्‍छ। फेरि केही होला भनेर एक जना अर्का गार्ड आएर मन्त्रीजी र गुरूङबीच बसेर छेकेको देखिन्छ।’

सिसिटिभी फुटेज नै बलियो प्रमाण हुने भएको हुँदा त्यसलाई नै आधार मानेर मुद्दा हाल्ने तयारी गरिरहेको उनले बताए।शुक्रबार पक्राउ परेका गुरूङमाथि प्रहरी वृत्त दरबारमार्गले अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिरहेको छ। मन्त्री श्रेष्ठलेले भने सुरक्षागार्डले आफूलाई हप्कीदप्की गरेपछि पिएसओले उजुरी दिएको बताएका थिए।

आइतबार सेतोपाटीसँग कुराकानी गर्दै पर्यटन मन्त्री श्रेष्ठले आफू समय लिएर त्यहाँ गएको र लाइनमै बसेको अवस्थामा सुरक्षा गार्डले दुर्व्यवहार गरेको दाबी गरे।’क्यानडामा हुने आइकाओको मिटिङमा जानका लागि म त्यहाँ गएको थिए। धेरै लामो लाइन पनि थिएन।

तर ती सुरक्षा गार्डले सबैलाई थर्काउँदै आएका थिए,’ मन्त्री श्रेष्ठले भनेका थिए, ‘मेरो सुरक्षा टोलीले मन्त्री हो भनेपछि उनले मलाई मन्त्रीसन्त्री मतलब छैन भन्दै झन् थर्काएका थिए। उनी म पनि सेनाकै भुपू भन्दै रिसाएका थिए।’आफू मन्त्री भएको परिचय दिँदासमेत सुरक्षा गार्डले उल्टै ‘आइ नो’ भन्दै झर्किने र सन्किने गरेको श्रेष्ठले बताए।


जनताकै पैसाले चलेको भिएफएसमा सर्वसाधरणलाई समेत ‘दुर्व्यवहार’ गर्ने गरिएको उनको तर्क छ।छाया सेन्टरमा बायोमेट्रिक्सको कामका लागि मन्त्री श्रेष्ठ त्यहाँ पुगेका थिए। तर मन्त्री श्रेष्ठलाई पनि सुरक्षागार्डले लाइनमा बस्न भनेका थिए।सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि प्रहरी वृत्त दरबारमार्ग पुगेर गुरूङलाई भेटेका छन्।


गुरूङले पनि लामिछानेलाई आफ्नो आवाज ठूलो भएको हुनसक्ने भएपछि कुनै दुर्व्यवहार नगरेको दाबी गरेका छन्।‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुर्व्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो,’ गुरूङको भनाई उदृत गर्दै लामिछानेले लेखेका छन्।

0 Response to "पावर देखाएर गरिबको छोरो थुन्ने मन्त्री श्रेष्ठ बिरुद्द मुदा दर्ता गरिदै"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article