-->
बालेनलाई अप्ठेरोमा पार्न निउ खोज्दै अल्फाबिटा, कानुनी उपचारमा जान्छौं भन्दै सार्बजनिक गर्यो यस्तो प्रमाण

बालेनलाई अप्ठेरोमा पार्न निउ खोज्दै अल्फाबिटा, कानुनी उपचारमा जान्छौं भन्दै सार्बजनिक गर्यो यस्तो प्रमाण

 अल्फा बिटा समूहले नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्सको भुईं तल्ला व्यवसायीक प्रयोजनका लागि काठमाडौं महानगरपालिकालाई थप दस्तुर बुझाएको दाबी गरेको छ।




अल्फा बिटा समूहले एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सहितको टोलीले निरीक्षणका क्रममा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ। गत ९ भदौमा अल्फा बिटा कम्प्लेक्समा पुगेर महानगरले त्यहाँस्थित संरचनामा रहेको फार्मेसिमा डोजर चलाएको थियो।

अल्फा बिटा हाउसका संचालक द्वीराज शर्मा र मेयर शाहबीच चर्काचर्की भएको थियो। चर्काचर्की भएपछि मेयर शाहले नक्सासहित आफैं उपस्थित भएर अलफा केयर भत्काउन नगर प्रहरीलाई निर्देश दिएका थिए। अल्फाका संचालक शर्माले भवन निर्माण सम्पन्नता प्रमाणपत्र सार्वजनिक गर्दै कानुन अनुसार नै संचालन गरेको दाबी गरेका छन्।

अल्फा हाउसले भने बुधबार एक विज्ञप्ति जारी गर्दै प्रचलित कानुनको अधिनमा रहि अल्फा केयरद्धारा संचालित फार्मेसी प्रचलित कानुनको अधिनमा रहेर नै संचालन गरेको दाबी गरेको छ।

‘अल्फा बिटा कम्प्लेक्सको भुई तल्लालाई व्यवसायीक प्रयोजनकालागि उपयोग गर्न काठमाडौँ महानगरपालिकाको मिति २०७५–११–२ को भवन निर्माण सम्पन्न प्रमाण पत्र अनुसार अभिलेखिकरण गराई थप दस्तुर महानगरपालिकामा बुझाएका थियौँ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सोहि अनुसार सो तल्ला प्रयोगमा ल्याएका गरि आएका थियौँ।

साथै, हाम्रो भगिनी संस्था अल्फा केयरद्वारा सन्चालित फार्मेसी पनि प्रचलित कानूनको अधिनमा रहेर नै सन्चालित रहेको कुरा जानकारी गराउँदछौं।’आफूहरुबाट केही कमीकमजोरी भएको देखिएमा तत्काल सच्याउने उल्लेख गर्दै बदनियत पूर्वक केही निहीत स्वार्थपुर्तिको हेतुले सो काम गरिएको अल्फाले बताएको छ।

‘बदनियत पूर्वक, केही निहित स्वार्थपुर्ति हेतु संचालित समूहद्वारा यो मौकाको गलत फाइदा उठाउने नियतले हाम्रो व्यक्तिगत जीवन र ३ दशक लामो स्थापित संस्थाप्रति आँच आउने किसिमको सूचना प्रबाह गरिएकोमा हामी घोर भत्र्सना गर्दछौं।’

त्यस्ता कुनै पनि व्यक्ति वा संस्था प्रति प्रचलित कानुन बमोजिम कानुनी उपचार खोज्ने पनि जानकारी अल्फाले गराएको छ।

0 Response to "बालेनलाई अप्ठेरोमा पार्न निउ खोज्दै अल्फाबिटा, कानुनी उपचारमा जान्छौं भन्दै सार्बजनिक गर्यो यस्तो प्रमाण"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article