-->
डोजर मिसन नसक्दै मेयर बालेनले आजैबाट सुरु गरे अर्को कडा कदम, झनै पलायो अर्को ठुलो आशा !

डोजर मिसन नसक्दै मेयर बालेनले आजैबाट सुरु गरे अर्को कडा कदम, झनै पलायो अर्को ठुलो आशा !

 काठमाडौँ । देश दुनियाबाट प्रशंसाको ओइरो पाइरहेको काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले अवैध संरचनामा दोजर चलाउने अभियान नसक्दै अर्को कामको सुरुवात गरेका छन् ।




अनुमती विना सञ्चालन गरिएको डिजिटल होर्डिङ बोर्ड बन्द गर्न सुरुवात गरेसंगै मेयर बालेनले अर्को कदमको प्रारम्भ गरेका हुन् ।अवैध संरचनामा दोजर चलाउन थालेपछि चोतर्फी रुपमा प्रशंसा बटुलिरहेका मेयर बालेको यस कदमको पनि खुलेरै प्रशंसा गरिएको छ ।

आज नै बल्र्ड ट्रेड सेन्टरले अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको हो ।काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अनुमति भन्दा ठूलो साइजमा बनाएकाले बन्द गराइएको जानकारी दिए ।

एसटीआर एडभर्टिजमेन्टले काठमाडौंको त्रिपुरेश्वमा ३५ बाई ५० फिटको डिस्प्ले जडान गरेको छ । कम्पनीले बाहिरबाटै सामग्री आयात गरी यसको जडान गरेको जनाएको छ ।पछिल्लो समय काठमाडौंको त्रिपुरेश्वर, दरबारमार्ग, कलंकी, थापाथली, नयाँ बानेश्वर लगायतका क्षेत्रमा ठूला एलईडी स्क्रिन राखिएको छ ।

नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्ड हटाउन थालेको हो ।यस्तै, मेयर बालेनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङसँग भेट गरेका छन् । ठूला सरकारी अस्पतालमा सेवा प्रवाह राम्रो नभएको, फोहर व्यवस्थापन नभएको, शुल्क महँगो भएको लगायतका गुनासा आएको भन्दै मेयर शाहले स्वास्थ्य मन्त्रीलाई भेटेका हुन् ।

मन्त्री र मेयरसंगको छलफलमा स्वास्थ्य मन्त्री खापुङ, राज्यमन्त्री हिराबहादुर केसी, स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, वीर अस्पताल, ट्रमा सेन्टर, प्रसूति गृह, सिभिल लगायतका अस्पतालका निर्देशक सहभागी भएका थिए ।

मन्त्री खापुङले आफूले यसअघि नै सबै अस्पतालका निर्देशकलाई एक महिनाभित्र गुनासो सम्बोधन हुने गरी काम गर्न निर्देशन दिएको बताएका छन् ।

0 Response to "डोजर मिसन नसक्दै मेयर बालेनले आजैबाट सुरु गरे अर्को कडा कदम, झनै पलायो अर्को ठुलो आशा !"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article