-->
पोखराबाट उडेको जहाजमा खराबी , पोखरा विमानस्थलमा रुवाबासी

पोखराबाट उडेको जहाजमा खराबी , पोखरा विमानस्थलमा रुवाबासी

 पोमुस्ताङको जोमसोमका लागि पोखराबाट आइतबार बिहान उडेको समिट एयरको जहाजमा समस्या भएपछि आपतकालीन अवतरण भएको छ । जोमसोमका लागि पोखराबाट आइतबार बिहान उडेको समिट एयरको जहाज इन्जिनमा खराबी देखिएपछि ७ मिनेटमै पोखरामा आपतकालीन अवतरण भएको छ ।




उक्त जहाज पोखराबाट बिहान ७ : ५९ बजे उडेको थियो ।पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार ७ बजेर ५९ मिनेटमा उडेको जहाज पोखराका आकाशमा एक फन्को मारेर ७ मिनेटपछि आपतकालीन अवतरण भएको हो ।

उक्त जहाजमा १८ जना यात्रु थिए ।उडेको केहीबेरमै पाइलटले इन्डिकेसनमा प्रोब्लम (खराबीको संकेत)को जनाउ पोखरा विमानस्थलको टावरलाई दिएका थिए । पाइलटले जहाजमा खराब संकेत देखिएको भन्दै दायाँ इन्जिन अफ गरी जहाजलाई पोखराको आकाशमा एक फन्को लगाएका थिए ।

पाइलटले दाहिने इन्जिन अफ गरी पोखरा विमानस्थलमै जहाज अवतरण गराएका थिए । ‘सामान्य खालकै अवतरण भएको हो, ग्राउन्डमा अरु त्यस्तो आपतकालीन तयारी पनि गर्नुपरेको होइन,’ सूचना अधिकारी सुवेदीले भने ।

जहाजमा ठूलै खराबी देखिँदा विमानस्थलमा दमकल लगायतको तयारीसहित आपतकालीन तैनाथी गरिन्छ । तर समिटका हकमा त्यसो गर्नुपरेको थिएन । पाइलटले त्यस्तो कुनै तैनाथी आवश्यक नपर्ने जनाउ पनि टावरलाई गराएका थिए ।

जहाज पोखरा विमानस्थलमा आपतकालीन अवतरण गरेपछि यात्रुमा रुवाबासी चलेको थियो । जहाजको आपतकालीन अवतरण भए पनि विमानस्थलमा आकस्मिक तैनाथी गर्न भने नपरेको जानकारी सूचना अधिकारी सुवेदीले दिए ।

0 Response to "पोखराबाट उडेको जहाजमा खराबी , पोखरा विमानस्थलमा रुवाबासी"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article