-->
ईपिएस मार्फत कोरिया पुगेकी गुल्मीकी सुस्मा बनिन कम्पनीको म्यानेजर, भन्छिन- नेपालमा पनि कम्पनी खोल्छु

ईपिएस मार्फत कोरिया पुगेकी गुल्मीकी सुस्मा बनिन कम्पनीको म्यानेजर, भन्छिन- नेपालमा पनि कम्पनी खोल्छु

 सिओल- दक्षिण कोरिया पछिल्लो समय नेपाली यूवाहरुको लागी रोजगारीको उत्कृष्ट गन्तव्य मुलुक बनिरहेको छ ।




वैदेशिक रोजगारीको लागी रोजाईको पहिलो नम्बरमा पर्ने यो मुलुकमा ईपिएस मार्फत १६ देशका कामदारहरु यहाँ श्रम गर्ने गर्दछन ।

मेहनत अनुसारको आकर्षक आम्दानी भएकै कारण यो मुलुक वैदेशिक रोजगारको लागी उत्कृष्ट रोजाईको गन्तव्य बनेको छ ।

जि टु जी सम्झौता मार्फत दक्षिण कोरियाले बिभिन्न मुलुकबाट यहाँको श्रम बजारमा भएको श्रमिक अभावलाई परिपुर्ती गर्न ईपिएस प्रक्रिया मार्फत १६ मुलुकका यूवाहरु यहाँका उत्पादनमुलक, कृषी तथा पशुपालन क्षेत्रमा ल्याउने गर्दछ ।

रोजगारीको उत्कृष्ट गन्तव्य भएकै कारण गुल्मी चारपालाकी सुस्मा पान्डे पनि ईपिएस मार्फत कोरियाली भाषा परिक्षा उतिर्ण गरी करिब छ बर्ष अगाडी सुनौलो सपना बोकेर कोरिया छिरेकी एक प्रतिनिधि पात्र हुन ।

उत्पादनमुलक क्षेत्रमा कोरिया प्रवेश गरेकी उनी सुरुको कम्पनीमा करिव २ बर्ष काम गर्दागर्दै कम्पनी बन्द भएर उक्त कम्पनी परिवर्तन गरी ख्यङ्गिदो प्रान्तको याङ्जु सि मा रहेको सङ्गजिन फाईबर नामक मोजा उत्पादन गर्ने कम्पनीमा काम गर्न थालिन ।

उक्त कम्पनीमा सुरुवाती दिनहरुमा मोजा प्याकि्ग गर्ने कामबाट शुरुवात गरेकी उनले अहिले आफ्नो ईमान्दारिता, लगनशिलता अनुशासन र मेहनत प्रस्तुत गर्दै हाल अहिले उक्त कम्पनीमा कम्पनी म्यानेजरको रुपमा काम गर्दै आएकी छन ।

सुरुवाती चरणमा काम गार्ह्रो भएतापनी निरन्तरको मेहनतका कारण आज उनले साहुको मन जितेर हाल कम्पनी म्यानेजरसम्म पुगेकी छन ।

सुरुमा मोजा प्याकिङ्ग गर्ने उनले म्यानेजर भईसकेपछी उनले कम्पनीमा उत्पादन हुने मोजाको ग्राफिक डिजाईन गर्ने देखी लिएर सामान अर्डर गर्ने, उत्पादित सामानको रेकर्ड तथा व्यवस्थापन गर्ने, अर्डर आएको सामान सम्बन्धित ठाउँसम्म पुर्याउन निर्देशन दिने सम्मको जिम्मेवारी सम्हाल्न पुगेकी छन ।

सहित श्रीलङ्कन, कम्वोडियन, म्यानमारी, चिनिया, किर्जिकिस्थान तथा कोरियन कामदार गरी करिव २० जना कामदार रहेका छन ।

शुरुमा तल्लो तहको कामदारबाट शुरु गरेकी उनले करिव ४ बर्षको अन्तरालमा कोरियन साहुको विश्वास जिती कम्पनी म्यानेजरसम्म पुग्न पाउनुमा आफ्नो मेहनत र ईमान्दारीताले प्रमुख भुमिका खेलेको उनी बताउँछिन ।

उनका अनुसार कोरिया जुनसुकै कामलाई सम्मान गर्ने, योग्यता, कार्यदक्षता र मेहनतलाई कदर गर्ने देश भएको कारण आफु यो स्थानसम्म पुग्न सफल भएको ठान्छिन ।

साथै यहाँको दु:ख सङ्घर्षको बाबजुत यहाँको रहनसहन, यहाँका मानिसहरुको ईमान्दारीता, भेदभावरहित व्यवहार र अनुसासनका कारण नै यो देशले छोटो समयमा नै आर्थिक प्रगति गर्न सफल भएको उनी बताउँछिन ।

कोरिया न्युन तथा मध्यमवर्गिय परिवारका लागी छिट्टै आर्थोपार्जन गर्न सकिने मुलुक भएको कारणले गर्दा ईपिएस मार्फत आउने नयाँ साथीहरुलाई ईमान्दारिता लगनशिलता र मेहनतका साथ काम गर्ने हो भने कम्पनीको माथिल्लो दर्जा सम्म पुग्न सकिने साथै आफ्नो परिवारको आर्थिक खुडकिलाहरु छिट्टै पार गर्न सकिने भएकोले कोरिया अहिलेका यूवाहरुको लागी वैदेशिक रोजगारीको उत्कृष्ट पहिलो गन्तव्य बनेको उनी बताउँछिन।

नेपाल फर्केपछी के गर्ने योजना बनाउनुभएको छ भन्ने हाम्रो प्रश्नमा उनले अहिले आफुले गरेको कम्पनीसंग आवद्द रहेर नेपालमा समेत मोजा कम्पनी खोल्ने विचार गरेको बताएकी छन ।


साथै ईपिएस मार्फत कोरिया आउने आम यूवाहरुलाई यहाँ रहँदा अथवा काम गर्दा सिकेको शिप तथा अनुभवलाई आफ्नै देशमा भित्राई समग्र नेपालको आर्थिक विकासमा टेवा पुग्ने काम गर्ने सोँच बोकेर नेपाल फर्किनुपर्ने कुरामा जोड दिएकी छन।

0 Response to "ईपिएस मार्फत कोरिया पुगेकी गुल्मीकी सुस्मा बनिन कम्पनीको म्यानेजर, भन्छिन- नेपालमा पनि कम्पनी खोल्छु"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article