-->
हरेक दिन घरमालिक ओछ्यानमै… कसको आँशु थामिएला [यी दुई चेलीको कुवेतको त्यो वेदना]

हरेक दिन घरमालिक ओछ्यानमै… कसको आँशु थामिएला [यी दुई चेलीको कुवेतको त्यो वेदना]

 काठमाडौ । घरेलु कामदारका रुपमा खाँडी मुलुक जाँदा घरेलु हिंसाको शिकार बनेको तथ्य आएपछि सरकारले बन्द गर्यो ।




तरपनि दलालले लोभ्याएर लुकाई छिपाई नेपाली चेलीहरु घरेलु कामदारकै रुपमा अरबी देश गइ नै रहेका छन् ।तर त्यहाँको पिडा सुन्दा कसैको आँशु थामिने छैन । वर्क फर फाउन्डेसन एउटा यस्तो फाउन्डेसन हो जसले विदेशमा बेचिएका नेपाली चेलीबेटीको उद्दार कार्य सक्रियताका साथ गर्दछ ।

उक्त संस्था हालसालै कुवेतमा दलाल मार्फत बेचिन पुगेकी दुई महिलालाई उद्दार गरेर नेपाल सम्म ल्याउन सफल भएको छ । हुन त यो भन्दा अघि पनि इराक, कुवेत, ओमन जस्ता देशबाट थुप्रै नेपाली चेलीबेटीलाई उद्दार गर्न सफल भइसकेको छ।

आर्थिक अवस्था, खानलाउनको समस्या, बालबच्चाको रोदन, पारिवारिक दुखका कारण बाध्य भएर नेपाली चेलीबेटी विदेशमा केहि कमाउन सकिन्छ कि भन्ने आशले हातमा पासपोर्ट बोकेर विदेशिन्छन् ।

कतिपी ललाई फकाईमा परेर पनि विदेशिने गरेको हामीले धेरै देखे सुनेका छौ। एक दर्दनाक कथा । जोकोहीलाई पनि सुन्दा पटक्कै विश्वास लाग्दैन । पुरुषले महिला बेचेको सुनिरहेका छौ हामी सबैले। तर एक महिलाले नै महिला बेचेको कमै सुनिन्छ।

इराक लागिदिन्छु भन्दै एक महिलाले ति पिडितसँग असि हजार लिएकी थिइन्। पिडितलाई इन्डिया लगेर ति महिलाले अलपत्र परिदीइन। असि हजारमा पचहत्तर हजार फिर्ता दिइन् अनि उनी चाही इराक जान्छु भनेर गईन्।

ति पिडितलाई अरु कसैले कुवेत लगिदियो। कुबेतमा उनले घर मालिकको पिटाई देखि अन्य अत्याचार सहनु पर्यो। उनले भनिन् ,’कत्ति काम गर्नु पर्थ्यो। चार जना बच्चाको स्याहार सुसार गर्नु पर्थ्यो। खान पनि दिदैनथ्यो। केटा मान्छेसँग सुत्न लगाउने गर्थे। म रात भरि नसुती बस्थे।’

उनलाई घर मालिकको ससुराले ब’लात्कार गर्ने समेत प्रयास गरेको उनले बताइन। जति नै दुख गरेर काम गरे पनि उनले तलब पनि पाइनन्। जति तलब पाउथिन त्यति नै फेरी मालिक्नीले मागेर सक्काइदिन्थिन भन्दै उनले गुनासो गरिन्।

अर्की पिडित सृजना दर्जीको पिडा पनि उस्तै छ। पार्वती परियार नामक महिला मार्फत उनी पुगेकी थिइन्। इण्डियामा एक महिना बसेर उनी बल्ल कुवेत पुगिन्। उनी घरको कामकाज गर्ने गर्थिन्।

खाना पकाउने देखि सबै काम गर्नु पर्थ्यो तर उनले खान भने पाउने थिइनन्। डढेको भात खाए भन्दै उनी भावुक भईन। उनीहरु दुवै वोर्क फर फाउन्डेसन मार्फत नेपाल आउँन सफल भए। हाल उनीहरु खुसि छन्।

विदेश जान लागेको चेलीबेटीलाई सके सम्म विदेश नजानुस भन्दै उनीहरुले सन्देश दिए। खबर सेयर गरौँ । नेपाली छोरीहरुलाई सचेत गराऊँ विदेशी भूमी घरेलु कामदारको रुपमा जानु सरासर गलत छ ।

0 Response to "हरेक दिन घरमालिक ओछ्यानमै… कसको आँशु थामिएला [यी दुई चेलीको कुवेतको त्यो वेदना]"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article