-->
बालेन शाहलाई सिध्याउछु भन्दै बालेनको घरमा पुगेका व्यक्ति पक्राउ

बालेन शाहलाई सिध्याउछु भन्दै बालेनको घरमा पुगेका व्यक्ति पक्राउ

 काठमाडौं । शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घरमा गएर दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।




जोगीमा भेषमा रहेका उनी ‘भष्म गर्दिन्छु’ भन्दै बालेनको निवास गैरीगाउँ पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ । उनीबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

जोगीको भेष धारण गरेका एक व्यक्ति गएराति साढे ८ बजेको समयमा बालेनको घरभित्रै पसेका कारणले पक्राउ गरिएको उनले जानकारी दिए ।घरभित्रै पसेर ‘भष्म गर्दिन्छु’ भन्दै बालेनलाई दुर्व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको थियो ।

जोगीको भेषमा रहेका उनले ‘भष्म’ गरिदिने चेतावनी दिएका थिए । भित्रै पसेका उनलाई बाहिर निकालिएको थियो । त्यसपछि भनाभन भएको थियो ।जोगीले आफुलाई प्रधानमन्त्री र मन्त्रीलेसमेत केही गर्न नसक्ने बताइरहेका थिए । झण्डै एक घण्टा सकडमा भीडभाड भएको थियो ।

पछि प्रहरी आएर उनलाई लगेको थियो । मेयर बालेन पछिल्लो समय अवैध संरचना भत्काउँदै हिँडेकाले उनीविरुद्ध सक्रिय गिरोहले परिचालित गरेका व्यक्ति हुनसक्ने मेयर समर्थकहरुको दाबी छ ।

उता हानगरभित्र बनाइएका अवैध संरचना भत्काउने मेयर बालेन शाहको काममा अवरोध पुर्याउन खोजेको आरोपमा उपमेयर सुनिता डंगोलले मुख खोल्नु भएको छ । एक अपिल जारी गर्दै उहाँले आफूमाथि लागेका आरोपको खण्डन गर्नुभएको हो ।

उहाँले भन्नु भएको छ, ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौँ महानगरपालिकाले निरन्तरता दिदैँ आएको विदितै छ ।

उपमेयर डंगोलले थप्दै भन्नुभयो, ‘त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको हो । म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।

काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने मेरो एजेण्डाप्रति म सजग र सचेत रहेको पनि स्मरण गराउन चाहन्छु ।’

केही दिनदेखि मुख्य गरेर केही अनलाईन सञ्चारमाध्यमहरुमा महानगरपालिकाको पछिल्लो अभियानसँग आफूलाई जोडेर आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषण भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको पनि उहाँले जानकारी गराउनुभयो ।

उहाँले आक्रोशित हुँदै भन्नु भएको छ, ‘पत्रकारिता क्षेत्रलाई राष्ट्रको चौथो अंगका रुपमा लिइने गरिएको छ । पत्रकारिता क्षेत्रमै निरन्तर लागिरहनु भएका पत्रकार मित्रहरुलाई पत्रकारिताका तीन सिद्धान्त सत्यता, सन्तुलन र विश्वसनीयताका बारेमा मैले यहाँ व्याख्या गरिरहनु पर्ने आवश्यकता ठानेको छैन ।’

सबै सञ्चारमाध्यमहरुलाई अनुरोध गर्दै उपमेयरले लेख्नुभयो, ‘यद्यपि, पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडिएका समाचारमा मेरो कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन अनुरोध गर्दछु ।’

0 Response to "बालेन शाहलाई सिध्याउछु भन्दै बालेनको घरमा पुगेका व्यक्ति पक्राउ"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article