काठमाडौबाट फर्केका हर्क साम्पाङले बालेन शाहलाई दिए यस्तो प्रतिक्रिया,संघर्ष नगरी र्याप गाएर आएका मेयर सामाजिक भएनन् भन्दै हर्कको आ क्रोश (भिडियो हेर्नुस्)
पछिल्लो २४ घण्टा यता बालेन र हर्कलाई लिएर सामाजिक सञ्जाल तातेको छ । मेयर हर्क केही समयअघि काठमाडौं आएका थिए। सामाजिक सञ्जालमा निकै सक्रिय रहेका उनले काठमाडौं आएसँगै यहाँको फोहोरको विषयलाई लिएर सामाजिक सञ्जालमा समय समयमा विभिन्न कुराहरु लेखिरहेका थिए।
लामो समयदेखि विभिन्न विवाद र व्यवस्थापनमा कमीका कारण काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको थिएन्। आइतबारबाट भने फोहोर व्यवस्थापनको काम पुनः सुरु भएको छ।
यसबीच बुधबार मेयर राईले सामाजिक सञ्जालमा आफू काठमाडौं नगएको भए फोहोर नउठ्ने रहेछ भन्दै पोस्ट गरेका छन् । ब्यंग्यात्मक शैलीमा धरानका मेयर राई लेख्छन्, ‘जसले जे भनोस् तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ । कम्से कम काम त सुरु गरे’
राईले सामाजिक सञ्जालमा यस्तो पोस्ट गरेसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि उनको कमेन्टमा ब्यंग्यात्मक शैलीमै जवाफ फर्काएका छन्। बालेनले कमेन्ट बक्समा चुनाव पनि राईले नै छानेको ‘लौरो’ चिह्न लिएर जितेको भन्दै प्रतिक्रिया दिएका छन् । बालेन लेख्छन्, ‘हो नि, तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि।’
यस्तै हर्कले बालनेलाई फेरि स्टाटसमार्फत आक्रोश पोखेका छन् । उनले बालेनलाई नालायक भन्न समेत पछि परेका छैनन् ।
भिडियो हेर्नुस् :-
0 Response to "काठमाडौबाट फर्केका हर्क साम्पाङले बालेन शाहलाई दिए यस्तो प्रतिक्रिया,संघर्ष नगरी र्याप गाएर आएका मेयर सामाजिक भएनन् भन्दै हर्कको आ क्रोश (भिडियो हेर्नुस्)"
Post a Comment