-->
एक पुरुष सहित चार महिला मिलेर मध्यराति कोठामा यस्तो धन्दा गर्दा गर्दै रंगेहात पक्राउ

एक पुरुष सहित चार महिला मिलेर मध्यराति कोठामा यस्तो धन्दा गर्दा गर्दै रंगेहात पक्राउ


 काठमाडौं ।


दाङको घोराहीका एक सुनचाँदी व्यवसायी हनिट्रयापमा परेका छन्। साउन २६ गते राति युवतीले आफ्नो कोठामा बोलाएर उनलाई ट्रयापमा पारेको दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए। उनलाई फसाउने ४ युवतीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत साउन २६ गते राति ११ बजेतिर घोराही उपमहानगरपालिका– १० नारायणपुरका दिनेशकुमार घर्तीलाई एक युवतीको फोन आयो। सुनचाँदी व्यवसायी घर्तीलाई नारायणपुरकै २२ वर्षीया शर्मिला भन्ने प्रमिला नेपालीले फोन गरेकी थिइन्। नेपालीले आफ्नो तिलहरी बेच्नुपर्ने भएकाले कुरा गर्न कोठामा आउन भनेपछि घर्ती कोठामै गए।

घर्ती युवतीको कोठामा गएपछि रोल्पा परिवर्तन गाउँपालिका– ५ का ४० वर्षीय दिलीपकुमार वलीसहितको समूह सोही वेला कोठाको ढोका ढकढक्याउन पुग्यो। युवतीसँग एउटै कोठामा रहेका घर्तीलाई उनीहरूले बला त्कार गरेको भन्दै कु टपि ट गरे।

ब ला त्कारको आरोपपछि त्यहाँ ठूलो बार्गेनिङ सुरु भयो। प्रहरीका अनुसार पहिलो चरणमा उनीहरूले घर्तीसँग घडेरीको डिमान्ड गरे। ‘सुरुमा ती युवतीको नाममा तुरुन्त एउटा घडेरी पास गरिदिन भनेछन्,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले भने, ‘तर, घर्तीले आफूसँग घडेरी नभएको भनेपछि पैसा लेनदेनमा कुरा मिलाउन खोजेको देखिन्छ।’

घडेरी नदिएपछि नगद एक लाख रुपैयाँ, दुईवटा चेकमा दुई दिन फरकको मिति राखेर दुई–दुई लाख र अर्को चेकमा सात लाख २० हजार गरी १२ लाख २० हजार रुपैयाँ लिन खोजे। चेक र नगद दिएपछि घर्तीले उनीहरूबाट छुटकारा पाए। तर, आफूसँग भएको मोटो रकम अनाहकमै लुटिएपछि उनी प्रहरीसमक्ष पुगे। त्यसपछि छानबिन गर्दा मुख्य योजनाकार रोल्पा परिवर्तन– ५ का वलीसहित नारायणपुरकै अजय बुढाथोकी, लोकेन्द्र मगरसहित सातजनाको संलग्नतामा योजना बनाएर फसाउन खोजेको भेटिएको प्रहरी नायब उपरीक्षक गौतमले बताए।

गौतमका अनुसार सो कार्यमा संलग्न घोराही– १० नारायणपुरनिवासी ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षकै विमला डाँगी र २९ वर्षीया शान्ता नेपालीलाई पनि पक्राउ गरेर अनुसन्धान थालिएको छ। अजय र लोकेन्द्र भने अहिले फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ।

उनीहरूविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २५३ को उपदफा ३ (ख) अन्तर्गत आपराधिक लाभ कसुरमा साउन २७ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको बताएको छ। कसैले व्यावसायिक या गैरकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुटाे दोष लगाउने नियतले डरत्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

0 Response to "एक पुरुष सहित चार महिला मिलेर मध्यराति कोठामा यस्तो धन्दा गर्दा गर्दै रंगेहात पक्राउ"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article