-->
झापामा ६ वर्षीया बालिकालाई के सम्म गरेनन् १९ वर्षीय यी युवकले

झापामा ६ वर्षीया बालिकालाई के सम्म गरेनन् १९ वर्षीय यी युवकले

 झापा, ५ भदौ :




झापामा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

ती बालिकालाई बलात्कार गरेको अभियोगमा बारा जिल्ला घर भई कन्काई नगरपालिका–४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

सामहम्दले ती बालिकालाई शुक्रबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

शल्यक्रियापछि पाठेघरसम्बन्धी समस्याले पीडित छिन् खोटाङकी चन्द्रकुमारी;

शल्यक्रियापछि पाठेघरसम्बन्धी समस्याले पीडित बनेकी खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेकी चन्द्रकुमारी राईलाई आर्थिक सहयोग जुटेको छ । करिब १८ वर्षअघि बच्चा जन्माउनका लागि शल्यक्रिया गरेको केही समयपछि पेटमा मासुको डल्लो निस्किएको थियो ।

राईलाई कांग्रेसका युवा नेता बाजिन्द्र बिष्टको पहलमा ३७ हजार १६५ रुपैयाँ सहयोग जुटेको हो । स्वदेश तथा विदेशमा रहेका १९ जना शुभेच्छुक तथा सहयोगीबाट जुटेको रकम शनिबार विष्टले समाजसेवी सरिता राई र कांग्रेसका जन्तेढुंगा गाउँपालिका सचिव शम्भु राईको उपस्थितिमा चन्द्रकुमारलाई हस्तान्तरण गरेका छन् ।

शल्यक्रियाको असरले पेटमा झुण्डिएको मासुको डल्लो दुख्न थालेपछि चन्द्रकुमारीलाई छरछिमेक तथा आफन्तको सहयोगमा कीर्तिपुर अस्पताल लगेका थिए । आफन्तकै सहयोगमा अप्रेसन गरिएको छ ।

0 Response to "झापामा ६ वर्षीया बालिकालाई के सम्म गरेनन् १९ वर्षीय यी युवकले"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article