नुहाउन गएकी दश वर्षीया सन्ध्यालाई महाकाली नदीले बगायो,प्रहरी ‘भन्छ खोजी कार्य भइरहेको छ ‘
महेन्द्रनगर:
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का दश वर्षीया बालिका सन्ध्या सुनार महाकाली नदीमा बेपत्ता भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी–९ ढकनाघाटस्थित ठूलोबुबाको घरमा गएका बेला दिदीसित नुहाउने क्रममा डुबेर बालिकाको नदीमा बेपत्ता भएकी हुन् ।
प्रहरी निरीक्षक भरत गिरीले बालिकाको खोजीमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र सशस्त्र प्रहरी बलको टोली महाकालीमा खटिएको जानकारी दिनुभयो । “बालिकाको खोजीमा सुरक्षाकर्मी र स्थानीय पनि खटिएका छन् ।” उहाँले भन्नुभयो ।
0 Response to "नुहाउन गएकी दश वर्षीया सन्ध्यालाई महाकाली नदीले बगायो,प्रहरी ‘भन्छ खोजी कार्य भइरहेको छ ‘"
Post a Comment