-->
न्यूरोडको आरबी कम्प्लेक्समा पनि चल्यो महानगरपालिकाको डोजर

न्यूरोडको आरबी कम्प्लेक्समा पनि चल्यो महानगरपालिकाको डोजर

 काठमाडौं । काठमाडौं महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ । काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो ।




महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ । मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो । काठमाडौंमा नक्सापास नगरी अवैध रुपमा बनाइएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ ।

काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ ।बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।

काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको छ । यस भवन भाडामा लिनेहरूले नक्सा विपरीत संरचना बनाएर गैरकानूनी रूपमा प्रयोग गर्दै आएका थिए ।संरचना भत्काउनुअघि महानगरका प्रहरीले ट्राफिक प्रहरीको सहायतामा पसल खाली गराएका थिए ।

अवैध संरचना भत्काउन र पसल खाली गराउन महानगरका मेयर बालेन्द्र साह र महानगरीय ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि पुगेका छन् ।यसअघि महानगरले बानेश्वर क्षेत्रका घरका अण्डरग्राउण्ड पार्किङमा थापिएका संरचना भत्काएको थियो ।

यो पनि -काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जथाभावी सडकमा फोहोर फाल्नेलाई कारबाही गर्ने बताएको छन्।

बुधबार नेपाल प्रहरीले आयोजना गरेको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मेयर शाहले बाटोमा जथाभावी फोहोर फाल्नेलाई सीसीटीभीबाट निगरानी गरेर कारबाहीको दायरामा ल्याइने बताएका हुन् । ‘फोहोर मैला व्यवस्थापन गाह्रो भएको छ।

हामी प्रहरीसँग सहकार्य गरेर सिसीटिभी फुटेजका आधारमा राति राति फोहोर फाल्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ ।’ उनले भने । जथाभावी फोहोर फाल्नु अपराध भएको उनको भनाई छ । काठमाडौं उपत्यकाको सबै फोहोर केही दिनभित्रै उठिसक्ने पनि उनले बताए ।

0 Response to "न्यूरोडको आरबी कम्प्लेक्समा पनि चल्यो महानगरपालिकाको डोजर"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article