झापामा बाटोमा हिड्दै गरेका ४० वर्षीय पुरुषलाई कारले ठक्कर दियो
झापा, ५ भदौ :
झापाको दमक नगरपालिका–४ चियाबगानमा हिजो बेलुकी कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् ।
कारको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।
पैदल हिंडिरहेका उनलाई हिजो बेलुकी सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिएको थियो ।
कारसहित चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।
0 Response to "झापामा बाटोमा हिड्दै गरेका ४० वर्षीय पुरुषलाई कारले ठक्कर दियो"
Post a Comment