मकवानपुरमा खोला तर्ने क्रममा माइलीमायालाई बगायो, पौडीएर बाच्न सफल भइन विमला
हेटौँडा, ५ भदौ:
पश्चिम मकवानपुरको कैलाश गाउँपालिकामा खोला तर्ने क्रममा तीन जना महिलालाई बगाउँदा एक जनाको मृत्यु भएको छ । एक महिला बेपत्ता भएकी छन् । एक जना भने खोलाबाट निस्कन सफल भएकी छन् ।
कैलाश गाउँपालिका(१० स्थित धाँदरबाट नाम्सेदुङ जाने क्रममा मनहरी खोला तर्ने क्रममा विमला सुनार, माइलीमाया रुम्बा र सन्तमाया प्रजालाई खोलाले बगाएको हो ।
बगाएकोमध्ये सुनार पौडीएर निस्कन सफल भएकी हुन् । प्रजाको शव भेटिएको छ । खोलाले बगाएकी रुम्बा अझै बेपत्ता छन् ।
नहरमा डुबेर बालकको मृत्यु:
सप्तरीको सप्तकोशी नगरपालिका-२ सिद्धिपुरमा रहेको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तकोसी नगरपालिका-१ का कार्यलय सहयोगी राजकुमार रामको दुई वर्षीय छोरो सन्दिप राम रहेका छन्।
आइतबार बिहान नहरमा डुबेर मृत्यु भएको स्थानीयले बताएका छन्। बालकको शव डुबेको ४ घण्टापछि दिउँसो १२ बजे घरदेखि डेढ किलोमिटर दक्षिण नहरमा फेला परेको प्रहरीले जनाएको छ। मृतक बालकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याएको प्रहरी चौकी फत्तेपुरले जनाएको छ।
0 Response to "मकवानपुरमा खोला तर्ने क्रममा माइलीमायालाई बगायो, पौडीएर बाच्न सफल भइन विमला"
Post a Comment