-->
अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई एक अर्ब ९२ करोड दिने

अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई एक अर्ब ९२ करोड दिने

 काठमाडौं -अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर ९करिव १ अर्ब ९२ करोड रुपैयाँ० दिने घोषणा गरेको छ ।




‘खाद्यान्न, मल र इन्धनको बढ्दो मूल्यका कारण जीवन बचाउन, गरिबी, भोकमरी र कुपोषणको वृद्धिलाई न्यूनीकरण गर्न अमेरिकी सरकारबाट अनुदान प्राप्त गर्ने ४७ भन्दा बढी देश र क्षेत्रीय संस्थाहरूमध्ये नेपाल एक हो,’ अमेरिकी दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालै मात्र २ अर्ब ७६ करोड अमेरिकी डलर अनुदानको घोषणा गरेको थियो ।

सोही अनुसार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९युएसएआईडी० ले नेपाललाई विश्वव्यापी खाद्य संकटबाट जोखिममा परेका जनतालाई जोगाउन १ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको हो ।

अमेरिकी सहयोगले बढ्दो मूल्य र खाद्यान्न अभावबाट प्रभावित मानिसहरूलाई पर्याप्त खाने कुराको सुनिश्चितता गर्न सहयोग गर्ने विश्वास विज्ञप्तिमा व्यक्त गरिएको छ ।

0 Response to "अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई एक अर्ब ९२ करोड दिने"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article