-->
मृ’त्यु भएको व्यक्तिलाई जीवित गराइएको’ भन्दै भ्रम फैलाउने पास्चर राजेन्द्र गोतामे पक्राउ

मृ’त्यु भएको व्यक्तिलाई जीवित गराइएको’ भन्दै भ्रम फैलाउने पास्चर राजेन्द्र गोतामे पक्राउ

 बुटवलको एक चर्चमा ‘मृ’त्यु भएको भनिएको व्यक्तिलाई जीवित गराइएको’ भन्दै भ्रम सिर्जना गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।




बुटवल बुद्धनगरमा रहेको होली क्यालभरी चर्च आसपासबाट ३५ वर्षिय राजेन्द्र गोतामेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केशीले जानकारी दिए।

‘अहिले सोधपुछका लागि नियन्त्रणमा लिएका छौं। झूटा प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन खोजेको हो भने कानून अनुसार मुद्दा चलाउँछौं’ केशीले भने।

विवेक सत्यालको नामबाट सार्वजनिक भएको भिडिओमा चर्चका पास्चर गोतामेले मृ’त व्यक्तिलाई जीवित गराएको दाबी गरेका छन्।

भिडिओमा होली क्यालभरी चर्चका पास्टर भनिने राजेन्द्र गोतामेले केही बेरमा भुइँमा सुतेकी महिला उठेर सरासर हिँडेको देखिन्छ। गोतामेले ‘प्रभु यशुको प्रभावले मृ’त्यु भएकी महिलालाई पुनः जीवित गराएको’ भन्दै ‘यशुलाई धन्यवाद दिन’ भनेको सुनिन्छ।

भिडिओमा एक महिलाले ‘‘सयवटा धामीले पनि निको नभएको, पाँच/छ लाख खर्च गर्दा पनि निको नभएको’ लगायतका विषय बोलेको सुनिन्छ। भिडियोले समाजमा भ्रामक सन्देश दिने भन्दै सामाजिक सञ्जालै कारबाहीको माग उठेपछि जिल्ला प्रशासन कार्यालयले अनुन्धानका लागि आदेश दिएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अप्रमाणित कुरा देखाएर समाजमा भ्रम छर्न नपाइने भएकाले अनुसन्धान गरी दोषीलाई कानुन वमोजिम कारबाही गर्न निर्देशन दिएको बताएका छन् ।

0 Response to "मृ’त्यु भएको व्यक्तिलाई जीवित गराइएको’ भन्दै भ्रम फैलाउने पास्चर राजेन्द्र गोतामे पक्राउ"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article