-->
‘सक्किगोनि’ का कलाकार ‘सिते बा’ काठमाडौं क्षेत्र नम्बर ५ बाट भिड्ने, एमालेका ईश्वर पोखरेललाई थपियो तनाब

‘सक्किगोनि’ का कलाकार ‘सिते बा’ काठमाडौं क्षेत्र नम्बर ५ बाट भिड्ने, एमालेका ईश्वर पोखरेललाई थपियो तनाब

 नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग चर्चित टेलिसिरियल ‘सक्कि गो नि’ का कलाकार मधुसुदन पाठक ‘सिते बा’ भिड्न तयार भएका छन्।




ललितपुरको हेरिटेज गार्डेनमा बिहीबार आयोजित एक कार्यक्रमबीच ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणाका क्रममा पाठकले काठमाडौं क्षेत्र नम्बर ५ बाट उठ्ने बताएका हुन्। यससँगै २०७४ मा पनि विजयी पोखरेलले स्वतन्त्र उम्मेदवारहरुको चुनौती सामना गर्नुपर्ने भएको छ।

एमालेले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि वरिष्ठ उपाध्यक्ष पोखरेलको नाम सिफारिस गरिसकेको छ।बुधबार बसेको काठमाडौंका १० वटै क्षेत्रीय कमिटीको बैठकबाट क्षेत्र नम्बर ५ मा वरिष्ठ उपाध्यक्ष पोखरेलको एकल नाम सिफारिस गरेको थियो।

पोखरेललाई २०७४ मा पराजित कांग्रेसकै डा. प्रकाशशरण महतले पनि चुनौती दिने चर्चा छ। तर उनीबारे सत्ता गठबन्धनले निर्णय लिएको छैन। यहीँबाट चर्चित अर्थविद् स्वर्णिम वाग्लेको पनि नाम चर्चामा छ। उनले यसअघि काठमाडौं ५ बाट उठ्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए।

यो क्षेत्रबाट प्रतिनिधिसभामा उठ्नका लागि सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले उक्त पार्टीको भ्रातृसंगठन अनेरास्वियूका अध्यक्ष सुदेश पराजुलीको नाम सिफारिस गरेको छ।आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउँदै आएका हेमराज थापाले पनि उम्मेदवारी दिने घोषणा गरेका छन्।

यही क्षेत्रबाट विवेकशील साझा छाडेकी रञ्जु दर्शनाले पनि स्वतन्त्र रुपमा उठ्ने घोषणा गरेकी छन्। त्यस्तै यही क्षेत्रबाट युवा उद्यमी विजय कँडेलले पनि उठ्ने घोषणा गरेका छन्। युवा उद्यमी विजय कँडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेद्‌वारी दिने घोषणा गरेका हुन्।

उता लौरोबाट धरान उपमहानगरपालिकाको मेयर बन्न सफल हर्क साम्पाङको भूगोलबाट पनि स्वतन्त्र उम्मेदवारी पर्ने भएको छ। धरानसमेत समेटिने सुनसरी क्षेत्र नम्बर १ ‘क’ बाट विजय कालिकोटे लौरो लिएर उठ्न लागेका हुन्। उनको पनि नाम बिहीबारै घोषणा भएको हो।

0 Response to "‘सक्किगोनि’ का कलाकार ‘सिते बा’ काठमाडौं क्षेत्र नम्बर ५ बाट भिड्ने, एमालेका ईश्वर पोखरेललाई थपियो तनाब"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article