-->
साउदीमा सडक दुर्घटनामा हेमराजले गुमाए हात, कम्पनी भन्छ- ‘जे गर्न सक्छन् गर’

साउदीमा सडक दुर्घटनामा हेमराजले गुमाए हात, कम्पनी भन्छ- ‘जे गर्न सक्छन् गर’

 काठमाडौं । वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका दाङ घर भएका हेमराज खत्रीले सडक दुर्घटनामा एक हात गुमाएका छन् । उनी हाल साउदीको रियादमा अलपत्र परेका छन् ।




मध्यम वर्गीय परिवारमा जन्मिएका खत्री वैदेशिक रोजगारीको क्रममा पाँच महिना अघि साउदी पुगेका उनी साउदीको रियादस्थित सम्प्रायर्स कम्पनीमा कार्यरत थिए । काम गर्न जाने क्रममा उनी सडक दुर्घटनामा परेका थिए ।

दुर्घटना भएलगत्तै उनलाई हस्पिटलमा लगेपनि उनले आफ्नो एक हात गुमाउन पुगे । सवारी दुर्घटनामा परेर एउटा हात कुम नीर काटिएको अवस्थामा उनको कम्पनीले नेपाल खाली हात पठाउन लागिएको अवस्थामा सामाजिक ब्यक्तित्व मार्फत नेपाली राजदूतावासको उनी सम्पर्कमा पुगेका थिए ।

दूतावासको सरहरुले प्रत्यक्ष भेट गरि ईन्सुरेन्स लागि कम्पनीलाई पहल गर्न लगाएको करिब एक महिना भइसक्यो तर अहिले कम्पनीले फोन पनि रिसिभ नगर्ने भन्दै पिडीत खत्रीले दुखेसो पोखे । ‘अहिले कम्पनीले त जे गर्न सक्छन् गर’ भन्दै केहि वास्ता समेत नगरेको उनले बताए ।

स्वदेश फिर्ता हुने आशामा रहेका खत्रीको अवस्थालाई मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीहरुले हेमराज खत्रीको लागि सहयोग अभियान संचालन गरिरहेका छन् । पीडितको घरमा उनका वृद्द बुवा आमा र श्रीमती रहेकी छन् ।

यो पनि – वैदेशिक रोजगारीको क्रममा ड्राइभर भिषामा साउदी अरेबिया पुगेका मोरङ बेलबारी ६ का अरुण राईले सडक दुर्घटनामा एक हात गुमाएको दुई वर्ष हुँदा समेत उनी साउदीमै अलपत्र परेका छन् ।

मध्यम वर्गीय परिवारमा जन्मिएका राई वैदेशिक रोजगारीको क्रममा १ जुन २०१९ मा नेपालमा रहेको ओमेगा मेनपावरबाट साउदीस्थित अल मसार कम्पनीमा ड्राईभरको लागि गएका थिए ।काम गर्दै जाँदा २५ जनवरी २०२० मा सडक दुर्घटना भयो ।

दुर्घटना भएलगत्तै हस्पिटल लाँदै गर्दा उनीसँगै रहेका सहचालक भारतीय नागरिकको मृत्यु भयो भने उनले सो दुर्घटनामा आफ्नो एक हात गुमाए ।दुर्घटनामा भएको १० दिनपछि हस्पिटलबाट कम्पनीले स्टाफ एकोमोडेसन राखेको तर हालसम्म पनि स्वदेश फिर्ताको लागि कुनै पनि पहल नगरेको उनको गुनासो छ ।

उनले भने, म अलपत्र परेपछि साउदीमा रहेको नेपाली दूतावास रियादमा सडक दुर्घटना सम्बन्धी सम्पूर्ण जानकारी गराएको थिएँ । लगतै दूतावासले सम्बन्धित कम्पनी र पीडितसँग समन्वय गरी आवश्यक कार्य अगाडि बढाएको थियो तर २ वर्ष हुँदा समेत प्रक्रियामै रहेको दुतावास बताउँछ ।’

त्यस्तै मेनपावरका संचालक भन्छन्- ‘हामीले पीडितलाई सहयोग गरिरहेका छौं । वैदेशिक रोजगार विभाग, साउदी एमबेसी र कम्पनीसँग सहकार्य गर्दै राईलाई हामीले सहयोग गरिरहेका छौं ।’ संचालक भन्छन्- ‘मुद्दाको सुनुवाई नभई अरुण राईलाई नेपाल फर्काउन सकिँदैन ।’

स्वदेश फिर्ता हुने आशामा रहेका राई दुई वर्षदेखि साउदीमै अलपत्र रहेका छन् । अहिले कम्पनीले वास्ता समेत नगरेको राईले बताए । पीडितको घरमा बुवा, आमा, श्रीमती र एक छोरी छन् ।

0 Response to "साउदीमा सडक दुर्घटनामा हेमराजले गुमाए हात, कम्पनी भन्छ- ‘जे गर्न सक्छन् गर’"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article