-->
१५ वर्षिय बालिकाले चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाएपछि

१५ वर्षिय बालिकाले चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाएपछि

 काठमाडौं ।




राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने अहिले क्यारेबियन लिग खेल्न विदेशमा छन् ।

तर अहिले उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकका अनुसार सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगककी साथीले रहस्य खोलेपछि यो कुरा बाहिर आएको हो ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको उच्च सेतले उल्लेख गरेको छ ।

मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको र सो जाहेरी दर्ता गरेर अनुसन्धान गर्न एआईजी धानुकले निर्देशन दिइसकेको उल्लेख गरेका छन् । उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकका अनुसार जाहेरीका आधारमा अब अनुसन्धान अगाडी बढाइनेछ ।

सन्दीप क्यारेबियन लिग खेल्न जानुअघि बलात्कारको घटना भएको पिडितको दाबी छ ।

पिडित किशोरीसँग सामाजिक सञ्जालमार्फत सन्दीप नजिकिउका थिए । चिनजान भएको लामो समयपछि पीडित किशोरीसँग भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको पिडितले दिएको जाहेरीमा उल्लेख छ । यस विषयमा सन्दिपले अहिलेसम्म केही बोलेका छैनन् ।

0 Response to "१५ वर्षिय बालिकाले चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाएपछि"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article