-->
कोरियामा रहनुहुने नेपालीहरु शतर्क रहनुहोला, शक्तिशाली आँधी कोरियातर्फ प्रवेश गर्दै

कोरियामा रहनुहुने नेपालीहरु शतर्क रहनुहोला, शक्तिशाली आँधी कोरियातर्फ प्रवेश गर्दै

 सिओल= जापानको ओकिनवा देखी करिब ३६० किलोमिटर दक्षिणपश्चिम समुन्द्री सतहबाट २७ किलोमिटर प्रतिघण्टाको गतिमा आएको हिन्नमनोर नामक शक्तिशाली टाईफुन(आँधी) कोरियाली प्रायद्दिप तर्फ प्रवेश गर्ने दिशामा अगाडी बढीरहेको केन्द्रिय प्रकोप तथा सुरक्षा काउन्टरमेजर कार्यालयले जनाएको छ।




मंगलबार सम्म बुसानख्वाङ्जु लगायत दक्षिणी भागहरुमा पर्वेश गर्ने पुर्वानुमान गरिएको छ।शक्तिशाली आँधी कोरिया उन्मुख भएको कारण आज आईतबार देशका अधिकाँश भागहरुमा बर्षा हुने जनाईएको छ।

केन्द्रीय प्रकोप तथा सुरक्षा काउन्टरमेजर मुख्यालयका अनुसार दक्षिणी सहर ग्वाङ्जु, बुसान,थेगु , उल्सान, दक्षिण र उत्तरी छल्लाबोक्दो,छल्लानाम्दो र दक्षिण ख्यङ्सान प्रान्तमा लगायत देशैभरी आइतबार बिहान ५ बजेदेखी भारी बर्षाको पुर्व चेतावनी दिईएको छ।

जापान बाट उत्पन्न ११ औं शक्तिशाली टाइफुन को रुपमा आउदै गरेको हिन्नमनोर टाईफुन अहिले ताइवानको ताईपेई बाट दक्षिणपूर्व सामुन्द्रिक क्षेत्रमा ११ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरतर्फ बिस्तारै यात्रा गरिरहेको छ र सोमबार बिहान ३ बजेसम्म जेजुको दक्षिणपश्चिम क्षेत्रको करिब ५७० किलोमिटर मा पर्ने समुन्द्रमा पुग्ने अनुमान गरिएको छ।

आइतबार र मंगलबारसम्म कोरियाका बिभिन्न क्षेत्रमा १०० देखि ३०० मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ भने जेजु प्रान्तको पहाडी क्षेत्रमा ६०० मिलिमिटरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ ।आँधीको सम्भावित खतराबाट बच्न आईतबार साँझ ५ बजेदेखि देशभरका राष्ट्रिय निकुञ्जका ६०० भन्दा बढी ट्रेकिङ ट्रेल बन्द गरिने भएको छ ।

३१ वटा रुटमा सेवा दिने ४६ वटा पानीजहाजको सञ्चालन पहिले नै बन्द गरिएको छ, जबकि जेजु, दक्षिण छल्ला प्रान्त र अन्य नजिकैका स्थानीय सरकारहरूले १६,००० जहाजहरूलाई सुरक्षित स्थानमा लैजान आदेश दिएका छन्।

राष्ट्रपति युन सुक-योलको आदेशमा, सरकारले शनिबार टाइफुनको चेतावनी स्तरलाई “निलो” बाट “पहेँलो” मा एक अंकले बढाएको छ।निलो सुरक्षित अंक हो भने पहेँलो मध्यम साथै रातो अंकले सबैभन्दा खतरनाक स्तर बुझाउँछ।

0 Response to "कोरियामा रहनुहुने नेपालीहरु शतर्क रहनुहोला, शक्तिशाली आँधी कोरियातर्फ प्रवेश गर्दै"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article