-->
आज सम्म जे भयो भयो सबै कुरा भुलेर एक हुँदै हर्क र बालेन , देशरभरका समर्थकमा छायो खुशियाली !

आज सम्म जे भयो भयो सबै कुरा भुलेर एक हुँदै हर्क र बालेन , देशरभरका समर्थकमा छायो खुशियाली !

 स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर भारी मतले निर्वाचित भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विच पछिल्लो समय चिसिएको सम्बन्धका कारण देशभर रहेका उनीहरुका समर्थकहरुमा निराशा छाएको थियो तर विस्तारै उनीहरु एक हुने वातावरण बन्दै गएको छ ।




धरानमा मेयर हर्कले बालेनका विरुद्ध सामाजिक संजालबाट औधीनै गरे पछि उनका समर्थक समेत हैरान भएका थिए । सुरुमा बालेन प्रति नकारात्मक भएकाहरु पनि डोजर अभियान पछि हामीले खोजेको मेयर यस्तो हो भन्दै प्रशंसा गर्न थालेका छन् भने हर्कका समर्थकहरुले पनि राम्रो काम गरेको भए पनि बालेन प्रति खनिएर नराम्रो गरेको भन्दै असन्तुष्ट बनेका छन् ।

धरानका मेयर हर्क साम्पाङले दिनमा लगभग भिम उपाध्यायकै बराबार स्टाटस लेखे पछि विस्तारै माहोल उनकोे प्रतिकुल बन्दै गएको थियो । हिजो समर्थन गर्नेहरुले समेत मेयर साब अब बढि भयो है तपाइ रोकिनु पर्छ भन्न थालेका छन् । हर्कले विस्तारै रियलाइज गर्दै गएको देखिन्छ । उनले विवादले कसैलाई पनि फाइदा नपुग्ने भन्दै मिल्नु पर्ने कुरा गर्न थालेका छन् ।

काठमाडौँका मेयर बालेन शाहले आमूल परिर्वतनका लागी एक्सनमा निस्किएका छन् । देशको राजधानी समेत भएका हुनाले हरेक हिसाबले बालेनको काम चुनौतपुर्ण र दुनियाले चाख राख्ने खालकै रहेको छ । यता हर्क साम्पाङले पनि जनसहभागीता मार्फत विकासको मोडेल दिन खोजेका छन् र श्रम सँस्कृतीको निर्माण गर्न खोेजेका छन् । दुवैको काम राम्रो हुँदा हुँदै पनि एक अर्काका विचमा राम्रो बुझाइ नभएका कारण कुरा बग्रिएको थियो ।

अब भने विस्तारै माहोल सुधार हुँदै गएको छ । बालेन र हर्कका आज सम्म भएका सबै कुराहरु भुलेर एक भन्ने वातावरण बन्दै गएको देखिन्छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका हरेक काममा सघाउने र बालेनको कोर टिममा रहेर काम गर्दै आएका साथी कुमार बेनले यो कुराको संकेत गरेका छन् ।

बालेनको सबैभन्दा नजिकका साथी कुमार बेनले धरानका मेयर हर्क साम्पाङको प्रशंसा गर्दै स्टाटस लेखेका छन् । हर्क साम्पाङले जनसहभागीता मार्फत विकास गर्न खोजेको कुरालाई सबैले साथ र सपोर्ट गर्नु पर्ने कुमारले भनेका छन् । विश्वका विभिन्न देशहरुको उदाहरण दिँदै कुमारले जनसहभागीता विना कुनै पनि देश नबनेको भनेका छन् । यो कुरामा सबैले हर्कलाई साथ दिनु पर्ने उनले बताएका छन् ।

कुमारले हर्कले गर्न खोजेको काम र बालेनले गर्न खाजेको कामको तुलना गर्दै दुवैले गरिरहेका काम आफ्नो ठाउँमा अन्यन्तै महत्वपुर्ण रहेको भनेका छन् । अब कसले के गर्यो भनेर विवाद गर्न नहुने भन्दै उनले एक अर्काले गरको राम्रो कामलाई प्रोत्साहन गरेर अघि बढ्नु पर्ने बताएका छन् ।

बालेनका सबैभन्दा नजिकका साथी कुमारलेनै हर्कको प्रशंसा गर्दै हर्क र बालेन दुवै जना मिलेर अघि बढ्नु पर्ने बताए पछि बालेन र हर्कका देशभरका समर्थकहरुमा खुशियाली छाएको छ । कुमारको बोलीलाई उनको मात्रै मान्न नसकिने र त्यो बोली बालेनकोनै भएको चर्चा चलेको छ । कुमारले संकेत गरे अनुसार छिट्टै नै बालेन र हर्क एक भएको देख्न सकिने अनुमान गर्न सकिन्छ ।

बालेनका सबैभन्दा नजिकका साथी कुमार बेनले आफ्नो सामाजिक संजालमा लेखेको स्टाटस यस्तो छ- ‘जनसहभागिता बिना कुनै देश बिकास हुदैन, जापान कोरिया हेरौ त्यहीँको जनता को कारणले गर्दा यो अवस्था मा पुग्न सकेको हो ।

धरानले पनि यस्तै मेयर पाएको छ जनतालाई बिकासमा सहभागी गराउन सफल भएका छ्न जुन कुरा भक्तपुरमा मात्र देख्न पाइन्थ्यो , जब जनता आफै यस्ताकुरा मा जागरुक हुँदै छ भने अवश्य त्यो एउटा बिकास को संकेत हो ।


बालेन भन्नू हुन्छ काठमाडौले गरेको गल्ती अरु सहर र गाउँले नदोहोर्‍याउनमात्र सकेपनि त्यो धेरै बिकास हो ,अहिले ५० किमि छेत्रफल भएको काठमाडौ मा खाली जग्गा भेटन मुस्किल छ । धरान १९२ किमि छेत्रफल छ हजारौ रोपनी खाली जग्गा छ , त्यहा जुन किसिमले बृक्षारोपण हुँदै छ त्यो एकदम राम्रो कुरा हो तर रुख रोप्दा चाहिँ फल लाग्ने रुख रोप्न सके अझै त्यसले प्रतीफल दिन्थ्यो ।


कसले के गर्यो भनेर बिबाद सिर्जना गर्नु भन्दा राम्रोकाम गरेकोलाई सबैमिलेर साथ दिनु पर्छ हौसला दिनु पर्छ भन्ने मेरो मान्यता छ ‘। कुमारले लेखेको यस्तो स्टाटसलाई धेरैले मन पराएका छन् र सेयर गरिरहेका छन् ।

0 Response to "आज सम्म जे भयो भयो सबै कुरा भुलेर एक हुँदै हर्क र बालेन , देशरभरका समर्थकमा छायो खुशियाली !"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article