-->
काठमाडौंबाट घर फर्किएका थिए, राति श्रीमान श्रीमतीबीच स’हवास हुँदै गर्दा अरु नै महिलाको नाम लिएर बर्बराएपछि…

काठमाडौंबाट घर फर्किएका थिए, राति श्रीमान श्रीमतीबीच स’हवास हुँदै गर्दा अरु नै महिलाको नाम लिएर बर्बराएपछि…

 जिल्लाको निसीखोला गाउँपालिका-४ स्थीत निसीखोलामा भदौ १ गते टाउको काटिएको युवकको श’व फेला पर्‍यो। हातमा कोपिएको ट्याटुबाट प्रहरीले निसीखोला गाउँपालिका-५ का तुलबहादुर विकको श’व भएको पत्ता लगायो।





उनको एक हप्ता अगाडि नै ह’त्या गरेर खोलामा फालिएको रहेछ। श’वको पहिचान खुलेपछि प्रहरीले ह’त्याराको खोजी सुरु गर्‍यो। ह’त्याराको खोजी गर्दै चार पाँच वटा शिराबाट अनुसन्धान थालेको प्रहरी तब झस्कियो तब अनुसन्धानका रेखाहरु मृतक विककै श्रीमतीतर्फ सोझियो।

प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाउँदै गर्दा मृ’तककी श्रीमती कुमारी कामीको अनुहारमा न श्रीमानको मृ’त्युका शोक थियो न सुर्ता। त्यै पनि प्रहरीले अनुसन्धानलाई अरु नै कोणबाट अगाडि बढायो।

टाउको छिनाएको अवस्थामा विभत्स श’व भेटिएपछि त्यसको अनुसन्धानमा इलाका प्रहरी कार्यालय बुर्तिबाङ, इलाका प्रहरी कार्यालय गलकोटका इन्सपेक्टर सहित जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवाली आँफै घटनास्थल पुगेका थिए।

जिल्ला प्रहरी कार्यालयमा यस अघि कार्यरत रहेर सरुवा भैसकेको इन्सपेक्टर हेम भण्डारी पनि बागलुङ आएको बखत परेकाले त्यो घटनास्थलतर्फ गए। जिल्ला प्रहरी कार्यालय बागलुङमा ह’त्या आरोपी सार्वजनिक गर्न आईतबार प्रहरीले गरेको पत्रकार सम्मेलनमा ह’त्या बारेमा जे तथ्यहरु सार्वजनिक गर्‍यो, त्यो धेरैलाई झस्काउने खालको छ।

प्रहरीले विकको ह’त्या आरोपमा उनकै श्रीमतीलाई पक्राउ गरेर बयान लिन थालेपछि घटनाको सनसनीपूर्ण विवरण खुल्दै गएको हो। प्रहरीका अनुसार मृ’तक विक साउन २४ मात्रै काठमाडौंबाट घर फर्किएका थिए।

विदेश जानका लागि अप्लाई गर्न काठमाडौं पुगेर घर फर्केका उनी २५ गते दिउँसो साथीहरुसहित म’दिरा सेवा गर्न आफू बस्दै आएको घर भन्दा ५ सय मिटर परको भट्टी पसलमा गए।

आफू विदेश जाने तयारीमा रहेकाले साथीहरुसंग बिदाइ पार्टी गर्ने योजना अनुसार उनी भट्टी पुगेका थिए। मृतक विकको गोजीमा साढे दुई सय रुपैयाँ मात्रै पैसा थियो। र’क्सी पिउन रकम अपुग भएपछि उनी घर फर्के र श्रीमतीसँग भएको ५० रुपैयाँ र सालीसँंग भएको एक सय रुपैयाँ गरी एक सय ५० रुपैयाँ लिएर फेरी भट्टी पसल पुगे।

दिउँसो ८ जनाले संगै म’दिरा सेवन गरे पनि साँझ ढल्दै गर्दा सबै एक एक गर्दै आफ्नो बाटो लागे। साँझको ८ बजेको सेरोफेरोमा मृ’तक विक र अर्का एक जना मात्रैे थिए। म’दिरा पिउने पैसा सकिएपछि उनीहरु पनि त्यहाँबाट निस्केर आ(आफ्नो घरतर्फ लागे।

तुलबहादुरले भोलिपल्ट ढोरपाटन मेला हेर्न जाने कुरा साथीहरुँंग गरेका थिए। तर उनी त्यही रातिबाट वेपत्ता थिए। प्रहरीले अनुसन्धान अगाडि बढाउँदा मृ’तककी श्रीमतीले विक ढोरपाटन जान्छु भनेर निस्किएको भनेर बयान दिएपछि प्रहरीले श्रीमतीतर्फ आशंका गरेन।

अनुसन्धानको घेरालाई साँघुरो बनाउँदै लैजाने क्रममा प्रहरीले मृ’तक विकको कल डिटेल र फेसबुक डिटेल चेक ग¥यो। कल डिटेल र फेसबुक डिटेल चेक गर्दा विकको अन्य थुप्रै महिलाहरुसँग लामो कुराकानी भएको भेटियो।

साउन २५ गते राति ८ बजेपछि एक जना महिलासँग फेसबुकमा कुरा भएको भेटेपछि प्रहरीले त्यतैतर्फ अनुसन्धान अगाडि बढायो। त्या राति ती महिलाले सामाजिक सञ्जालमा केराको तस्विर पठाएर केरा खान आउनु भन्ने म्यासेज पठाएकी थिइन्।

मृ’तक विकले भ्वाईस मेसेज पठाएका थिए। प्रहरी अब अनुसन्धान सकियो अपराधी पत्ता लाग्यो भनेर हौसियो। तर डिटेल चेक गर्दा ती महिलाको ठेगाना नुवाकोट पत्ता लागेपछि प्रहरी एकाएक शून्यमा आईपुग्यो र नयाँ शिराबाट अनुसन्धान अगाडि बढाउन बाध्य भयो।


मोबाईल कल डिटेल चेक गर्दा उनकै साली पर्ने मनिषा विकसँग पनि धेरै कुरा हुने गरेको भेटिएपछि प्रहरीले अनुसन्धान त्यतातर्फ तेस्र्यायो। जिल्ला प्रहरी प्रमुख आँफै अनुसन्धानमा संलग्न भएकाले प्रहरी आँफैलाई पनि छिटो अनुसन्धान सक्नुपर्ने दबाब थियो।


शनिबार एसपी आँफैले अन्य अनुसन्धान अधिकारीसहित साली पर्ने मनिषा विकलाई तीन घण्टा केराकार गरे। एसपी ज्ञवाली भन्छन्, ‘कुरो चुहाउन निकै गाह्रो भयो, हामीले एउटा माइन्ड गेम खेल्यौं, तिम्री दिदीले बहिनीसँग धेरै फोनमा कुरा हुन्थ्यो, बहिनीले मा’रेको हुनुपर्छ भनेर बयान दिएकी छिन्।


साँचो कुरा हो भन भनेपछि बल्ल घटनाको पर्दा खुल्न सुरु भयो।’ मनिषाले प्रहरीलाई घटनाको बेलिविस्तार लगाउन सुरु गरिन्। २५ गते राति ९ बजेतिर तुलबहादुर र’क्सीले मातेर घरमा आएको र दुई वर्षकी छोरीलाई कु’टपिट गरेपछि आफूसंगै माथिल्लो तलामा लगेर सुताएको उनले सुनाईन्।


मनिषाले प्रहरीलाई दिएको बयान अनुसार राति साढे ११ बजेको समयमा तुलबहादुरकी श्रीमती कुमारी कामी हातैभरी र’गतसहितको खु’कुरी बोकेर आएकी थिईन्। बहिनीले के भो भनि सोध्दा तेरो भिनाजुलाई मा’रिदिएँ भनेर जवाफ दिईन्।


किन मा’रेको भनि सोध्दा तैले बिहे गरेकी छैनस् यो कुरा तैले अहिले थाहा पाउँदैनस् भनेर जवाफ दिईन्। मनिषाले प्रहरी सामु यति कुरा खोलेपछि प्रहरीले अनुसन्धान कुमारी कामीतर्फ केन्द्रित गर्‍यो।


उनले सबुद लुकाउन हर मग्दुर प्रयास गरेकी थिईन्। रगतका छिटाहरु परेका भित्ता पुरै लिपपोत गरिएको थियो। सामान्य आँखाले देख्न सकिने सबै प्रमाण नष्ट गरिएको थियो। कुमारीलाई प्रहरीले पहिले नै इलाका प्रहरी कार्यालय बुर्तिबाङमा लिएर राखेको थियो।


बहिनीले सबै कुरा ओकलेपछि प्रहरीले प्रमाण जुटायो। ह’त्यामा प्रयोग भएको घन, खु’कुरी बरामद ग¥यो। श्रीमानको मृ’त्युपछि पनि शोक न सुर्ता कुनै पिरलोमा नदेखिएकी कुमारीलाई केरकार गर्न थाल्यो। कुमारीले ह’त्याको जे कारण बताईन्।


प्रहरी पनि एक पटक झस्कियो। कुमारीले प्रहरीलाई दिएको बयान अनुसार राति स’हबास गर्ने क्रममा तुलबहादुर अरु नै परस्त्रीको नाम लिई बर्बराएपछि आफूले श्रीमानको ह’त्या गरेको बताएकी छिन्। तुलबहादुर र कुमारीको २०७३ सालमा विवाह भएको थियो।


उनीहरुको दुई वर्षको छोरी पनि छिन्। कुमारीले प्रहरीलाई बयान दिए अनुसार विवाह भएदेखि नै तुलबहादुरले श्रीमतीलाई श्रीमतीको रुपमा दिनुपर्ने माया दिँदैनथे। कहिले भारत गएर बस्ने कहिले काठमाडौं गएर बस्ने गर्थे।


त्यति मात्रै होईन संगै हुँदा पनि तँ जता सुकै जा म त फलानोलाई ल्याउँछु भन्दै विभिन्न युवतीहरुको नाम लिएर तनाव दिईरहने गर्थे। शारीरिक र मानिसक यातना दिन्थै। तेरो न दाजुभाई छन् न तेरो माइतीको धनसम्पत्ती छ।

फलानी कति राम्री छे, तेरो अनुहार पनि गतिलो छैन भनेर यातना दिईरहन्थे। २५ गते राति पनि श्रीमान श्रीमतीबीच स’हवास हुँदै गर्दा उनले अरु नै महिलाको नाम लिएर बर्बराएको कुमारीले बयान दिएकी छिन्।


त्यतिमात्रै होईन स’हवास सकिएपछि सुत्नेबेला पनि भोली ढोरपाटन जाने हो, फलाना फलानासँग जाने हो, त जतासुकै जा मत त्यही केटीसँग बस्छु भनेर बारम्बार टर्चर दिएपछि आफूले पहिले घनले पछिबाट घाँटीमा हानेर ह’त्या गरेको उनले बताएको प्रहरीले जानकारी दिएको छ।


उनको रिस लामो समयदेखि आवेग विस्फोट हुँदा उनको रिस त्यतिमै मात्र थामिएन। दाउराको चिर्पटले पाँच सात पटकसम्म श्रीमानलाई प्रहार गरिन्। अनि खुकुरीले आधा घाँटी रेटेर मृ’त्यु भएपछि मात्रै छोडिन्।


श्रीमानको ह’त्या गरेपछि डोकोमा बोकेर नजिकै रहेको निसीखोलामा लगेर तुलबहादुरको श’वबाट टाउको छिनाएर टाउको र जिउ खोलामा फ्याँकेको उनले बयानमा भनेकी छिन्।


अहिले प्रहरीले मृतक तुलबहादुरकी श्रीमती २२ वर्षीया कुमारी कामी र साली १८ वर्षीया मनिषा विकलाई नियन्त्रणमा लिएर जिल्ला अदालत बागलुङबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।


कुमारीले ह’त्या आरोप स्वीकार गरे पनि प्रमाण मेटाउन र ला’स ठेगान लगाउन मनिषाको सहयोग थियो थिएन भन्ने विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


‘अनुसन्धान सुरु गरेको ५६ घण्टामा ह’त्यारा पत्ता लगायौं,’ जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधि ज्ञवाली भन्छन्,‘अन्य विभिन्न पाटाहरुमा अनुसन्धान बाँकी छ।’


0 Response to "काठमाडौंबाट घर फर्किएका थिए, राति श्रीमान श्रीमतीबीच स’हवास हुँदै गर्दा अरु नै महिलाको नाम लिएर बर्बराएपछि…"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article