-->
बालाजु , बनस्थलीमा पनि चल्यो बालेनको डोजर

बालाजु , बनस्थलीमा पनि चल्यो बालेनको डोजर

 अनुमति बीना बनाइएका घर–टहरा भत्काउने अभियानलाई काठमाडौं महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ ।शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालिएको महानगरपालिकाले जानकारी दिएको छ ।




अवैध र अनधीकृत रुपमा प्रयोग भएका बालाजु बनस्थली क्षेत्रका घर टहरा भत्काएको हो। काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो ।

महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा भएका घर टहरा भत्काइएको हो। ‘हामी बिहानैदेखि बालाजु र बनस्थली आसपासका क्षेत्रका टहराहरु भत्काइरहेका छौं,’ पाण्डेले भने। महानगर प्रहरी र नेपाल प्रहरीसहितको टोलीले बनस्थली चोकमा रहेका टहरा भत्काएको हो।

डोजर चलाउने क्रममा केही स्थनीयले विरोध गरेका थिए। तर, महानगरपालिकाले भने अवैध भएको भन्दै भत्काइदिएको छ।महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली बनस्थली चोकमा पुगेर एउटा प्रयोजनका लागि नक्सा पास गरेर व्यापारिक गतिविधि सञ्चालन गर्दै आएका भवनका संरचना भत्काउन थालेको हो।

त्यसो त ‘महानगरको सूचनालाई अनुसरण गर्दै अन्डरग्राउन्ड पार्किङको मर्मत निर्माण कार्य हुँदैछ।’ राजधानीमा रहेको एक निजी पसल सञ्चालकले आफ्नो मूलढोकामा टाँसेको सूचनामा उल्लेख भएको व्यहोरा हो यो। यही सूचनाको तस्बिर शुक्रबार समाजिक सञ्जालमा भाइरल बन्यो।

यही तस्बिरलाई फेसबुकमा पोस्ट गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले लेखिहाले, ‘चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यही रूपमा प्रयोग होस्। यो कुरालाई पहिलेदेखि नै व्यावहारिक रूपमा प्रयोग गर्नुभएकाहरूप्रति महानगर आभारी छ।’

महानगरको अहिलेको अभियानलाई साथ दिने सबैलाई धन्यवाद दिँदै बालेनले नियमको पालना गरिदिन र महानगर व्यवस्थित बनाउन सबैलाई आग्रह गरेका छन्।

0 Response to "बालाजु , बनस्थलीमा पनि चल्यो बालेनको डोजर"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article