-->
राहदानी विभागको नयाँ भवनको नक्सा नै पास नगरी करोडौँको बिल्डिगं ठडाएको पाएपछि झोक्किए बालेन, अब के हुन्छ ?

राहदानी विभागको नयाँ भवनको नक्सा नै पास नगरी करोडौँको बिल्डिगं ठडाएको पाएपछि झोक्किए बालेन, अब के हुन्छ ?

 काठमाडौं ।




काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पछिल्ले काम भूमिगत पार्किङका पसलहरु हटाउने अभियानले तिब्रता पाएका बेला व्यापारी आफैंले अन्डरग्राउन्ड पार्किङबाट पसल हटाउन थालेका छन् ।

बुधबार न्युरोड र बिहिबार अल्पाबिटामा डोजर चले लगत्तै बानेश्वरमा यूएफओ ब्रान्डको पसल चलिरहेको व्यवसायिक भवनको पार्किङ क्षेत्र खाली गर्न थालिएको छ ।

महानगरले ३५ दिनको सुचना दिएर अन्डरग्राउन्डमा राखिएका पसलर र स्टोर र नक्साबिना निर्माण गरिएका भवनहरु समेत हटाउन थालेपछि व्यापारी आफैंले पार्किङबाट पसल हटाएर महानगरलाई सहयोग गरिरहेका बेला बालेनले अर्को सफलता पनि हाता पारेका छन् ।

काठमाडौं महानगरपालिकाकाले राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको रहस्य पत्ता लगाएको छ । राहदानी विभागले गत वर्ष मात्रै बनाएको यो नयाँ भवनमा कन्सुलर सेवा विभाग समेत रहेको छ ।

सोही भवनको नक्सा पास नै नरहेको काठमाडौं महानगरपालिका भवन निर्माण विभागका एक अधिकारीले दाबी गरे । १ अर्ब ५ करोड लागतमा विभागको यो भवन निर्माण भएको हो ।

विभागले सोही भवनमा भूमिगत पार्किङ पनि बनाएको छ । सेवाग्राहीलाई समस्या हुने भन्दै बेसमेन्टलाई सेवाग्राहीको ‘वेटिङ रुम’ निमार्ण गरेको विभागलाई अब बालेन शाह नेतृत्वको काठमाडौं महानगरपालिकाले के गर्ला ? यो प्रश्न पेचिलो बन्ने वाला छ ।

0 Response to "राहदानी विभागको नयाँ भवनको नक्सा नै पास नगरी करोडौँको बिल्डिगं ठडाएको पाएपछि झोक्किए बालेन, अब के हुन्छ ?"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article