-->
यिनै हुन् हिजो तीजको नाच हेर्ने क्रममा झडप हुँदा २१ वर्षीय रोशन जिसीको मृत्यु

यिनै हुन् हिजो तीजको नाच हेर्ने क्रममा झडप हुँदा २१ वर्षीय रोशन जिसीको मृत्यु

 काठमाडौं ।




तीजको नाच हेर्ने क्रममा झडप हुँदा सुर्खेतमा एक युवकको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका -१०, स्थित बामेखोलामा मंगलबार राति युवाहरूबीच झडप हुँदा सोही ठाउँका २१ वर्षीय रोशन जिसीको मृत्यु भएको हो ।

जिसीलाई केही युवाहरूले कु टपि ट गरी ह त्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी सुरज कार्कीले जानकारी दिए । डीएसपी कार्कीका अनुसार झडपका क्रममा घाइते भएका जिसीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइए लगत्तै थियो चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा संलग्न युवाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘जिसीलाई अस्पताल पुर्‍याउने व्यक्तिहरुसँग घटनाबारे सोधपुछ गरिरहेका छौं । थप अनुसन्धान भइरहेको छ,’ डीएसपी कार्कीले भने ।

यो पनि, बुटवलमा मोटरसाइकल दुर्घटनामा परी बाबु-छोराको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१३ बेलवासका ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराई रहेका छन् ।

रुपन्देही प्रहरीका अनुसार बुधवार दिउँसो बुटवल १३ बेलवासस्थित पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ क ४४२४ नम्बरको ट्यांकर मुनी परेको थियो । उक्त मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको हो । दुर्घटनामा बुटवल-१३ का १५ वर्षीय आयुष आचार्य र पाल्पाको रामपुर नगरपालिका-२ का २३ वर्षीय अमृत सुनारी मगर घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

0 Response to "यिनै हुन् हिजो तीजको नाच हेर्ने क्रममा झडप हुँदा २१ वर्षीय रोशन जिसीको मृत्यु"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article