-->
पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्न राज्यलक्ष्मीको ९४ वर्षको उमेरमा गरियो सफल शल्यक्रिया

पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्न राज्यलक्ष्मीको ९४ वर्षको उमेरमा गरियो सफल शल्यक्रिया

 काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्न राज्यलक्ष्मी देवीको आज आँखाको शल्यक्रिया गरिएको छ । ९४ वर्षीय रत्नको सुदृष्टी आइ क्लीनिकमा मोतिविन्दूको शल्यक्रिया गरिएको हो । उहाँको दरबारमार्गस्थित सुदृष्टि आइ क्लिनिकमा मोतीबिन्दुको शल्यक्रिया गरिएको छ ।





शल्यक्रियाका क्रममा पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस, पूर्वयुवराज्ञी हिमानीलगायत राजपरिवारका सदस्यहरु क्लिनिकमा उपस्थित थिए । आई क्लिनिकका डा. सुमन एस. थापाले शल्यक्रियापछिको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गगरेका छन् ।

उपचारमा संलग्न डा.सुमन थापाले सहजरुपमा शल्यक्रिया भएको जानकारी दिँदै फेसबुकमा लेखेका छन् ‘उमेर केवल संख्या हो, ९४ वर्षमा पनि । उहाँले मेरो कामलाई धेरै सहज बनाइदिनुभयो । मप्रति उहाँको भरोसाले मलाई धेरै प्रेरणा मिलेको छ । म धेरै आभारी छु’ ।

पूर्वरानी रत्न भने नारायणहिटीभित्रैको महेन्द्र मञ्जिलमा बस्दै आएकी छन् ।रत्न स्वर्गीय महेन्द्रकी पत्नी तथा पूर्व राजा ज्ञानेन्द्रकी आमा (सानीआमा) हुनुहुन्छ । ज्ञानेन्द्रकी आमा इन्द्र राज्य लक्ष्मी देवी शाहको निधनपछि महेन्द्रले उनकै बहिनी रत्नसँग विवाह गर्नुभएको थियो ।

यो पनि -वीर अस्पतालमा १४ वर्षपछि ओपन हार्ट सर्जरी सेवा पुनः सुरु भएको छ। दोलखाकी जिरेलको सफल शल्यक्रियासँगै ओपन हार्ट सर्जरी सेवा पुनः सुरु भएको हो। ओपन हार्ट सर्जरी गरिएको यो ९९ औ पटक रहेको डा श्रेष्ठले जानकारी दिए।

यसअघि २००८ मा अन्तिम ओपन हार्ट सर्जरी भएको थियो। वीर अस्पतालमा पहिलो पटक सन् १९९३ मा अष्ट्रेलियन टिमले ओपन हार्ट सर्जरी गरेका थिए। त्यसको तीन वर्षपछि सन् १९९७ मा नेपाली चिकित्सकबाट वीर अस्पतालमा ओपन हार्ट सर्जरी भएको थियो।

यसअघि जनशक्ति अभाव र उपकरण बिग्रिएका कारण ओपन हार्ट सर्जरीको सेवा रोकिएको अस्पतालका निमित्त प्रशासकीय अधिकृत डा बस्नेतले बताए। नयाँ सर्जिकल भवन सञ्चालनमा आएपछि बिग्रिएका पुराना उपकरण मर्मत गरिएको र नयाँ थप गरिएका कारण यो सेवा पुनः सुरु गर्न सकिएको उनले बताए।

यो सँगै यसका लागि आवश्यक पर्ने जनशक्ति समेत थप गरिएको छ। डा बस्नेतले भने, ‘पहिले ओपन हार्ट सर्जरीका लागि आवश्यक पर्ने मेसिन बिग्रिएको थियो। जनशक्ति पनि थिएन। त्यसैले यो सेवा बन्द रह्यो। अहिले बिग्रिएको मेसिन बनाएका छौँ र नयाँ थप पनि गरेका छौँ।

आवश्यक जनशक्ति पनि हुनुन्छ। त्यसैले यो सेवा फेरी सुरु गर्न सकेका हौँ।’ मुटु सम्बन्धी अन्य सेवा सञ्चालनमै रहेपनि ओपन हार्ट सर्जरी मात्र १४ वर्षपछि सुरु भएको डा श्रेष्ठले जानकारी दिए। डा किरणसहित हाल वीर अस्पतालमा चार जना विशेषज्ञ कार्डियोलोजी विभागमा छन्।

लामो समयपछि ओपन हार्ट सर्जरी गरिएकाले गंगालाल ह्रदयरोग केन्द्रका चिकित्सक डा रवीन्द्रभक्त तिमिलाको टिमले सहयोग गरेको थियो। आगामी दिनमा यो सेवा वीर अस्पतालको प्राथमिकतामा रहेकाले पुनः बन्द हुन नदिने डा बस्नेतलले बताए।

0 Response to "पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्न राज्यलक्ष्मीको ९४ वर्षको उमेरमा गरियो सफल शल्यक्रिया"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article