बिमा रकमका लागि बन्दको मौका छोपी आफ्नै टिप्परमा आगजनी ! चालक र सहचालक पक्राउ
दाङ :
बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आ’गो लगाएका छन् । चालक आफैंले आ’गज’नी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।
घोराही-लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आ’गो लगाइएको प्रहरीले जनाएको छ । विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी बिहान गाडीमा आ’गज’नी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।
उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आ’गजा’नी गरेको पुष्टि भएको उनले बताए । गाडी मालिकको पनि खोजी भइरहेको काफ्लेले जानकारी दिए । बिमा रकमको लोभमा बिग्रेको गाडीमा आ’गज’नी गरेको देखिएको उनले बताए ।
दाङमा पत्रकार वलीसहित ४ बन्दकर्ता पक्राउ
दाङमा पत्रकारसहित चार जना बन्दकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, तुलसीपुरका अनुसार पत्रकार हेमन्तप्रकाश ओलीसहित चारजनालाई पक्राउ गरिएको हो । यसरी पक्राउ पर्नेमा पक्राउ पर्नेमा जनपत्रकार सङ्गठन दाङका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वलीसहित ४ जना रहेका छन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक बखत शाहीका अनुसार तुलसीपुर बजारमा गाडीको चाबी खोस्दै हिँडेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको हो । सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहित ४ साना पार्टीले आज देशव्यापी बन्दको घोषणा गरेको छ।
0 Response to "बिमा रकमका लागि बन्दको मौका छोपी आफ्नै टिप्परमा आगजनी ! चालक र सहचालक पक्राउ"
Post a Comment