-->
पोखरामा एनएमबी बैंकको एटिएम तोडफोड गर्ने २१ वर्षीय अनिश फिल्मी शैलिमा समातिए

पोखरामा एनएमबी बैंकको एटिएम तोडफोड गर्ने २१ वर्षीय अनिश फिल्मी शैलिमा समातिए

 कास्की, ५ भदौ:




पोखरा महानगरपालिका–३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटिएम तोडफोड गरी दुई वटा क्यासेट र नगद चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नवलपरासी ९पूर्व० देवचुली नगरपालिका–५ घर भई कास्की पोखरा महानगरपालिका–३० डुँडाको मुख बस्ने भेडे भन्ने २१ वर्षीय अनिश तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–२७ ताल चोकस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन तोडफोड गर्ने प्रयास गरेको तथा एनएमबी बैंकको एटिएम मेशिन फोडी साउन ३ गते बिहान नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई रुपन्देही बेलहियाबाट पक्राउ गरेको हो ।

प्रहरीले घटनामा प्रयोग भएको ग।१० प २९६३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

0 Response to "पोखरामा एनएमबी बैंकको एटिएम तोडफोड गर्ने २१ वर्षीय अनिश फिल्मी शैलिमा समातिए"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article