-->
एक यस्ता अपराधी जसले २८ चलचित्रमा अभिनय गर्दा समेत प्रहरीले पक्रन सकेन

एक यस्ता अपराधी जसले २८ चलचित्रमा अभिनय गर्दा समेत प्रहरीले पक्रन सकेन

बीबीसी । पासा भनेर चिनिने ओमप्रकाश भारतको उत्तरी राज्य हरियाणाका प्रहरीले सर्वाधिक खोजी गरेका व्यक्तिको सूचीमा थिए। सन् १९९२ मा असफल डकैती र हत्याका आरोपित एक व्यक्ति फरार भएपछि उक्त मुद्दा त्यसै बन्द गरिएको थियो।




भारतीय सेनाका पूर्वकर्मचारी रहेका उनलाई प्रहरीले डकैती र हत्याको आरोपमा तीस वर्षदेखि खोजिरहेको थियो। छिमेकी उत्तर प्रदेशमा उनी आममान्छे सरह घुलमिल भएर बसिरहेका थिए। त्यहाँ उनले नयाँ कागजपत्र बनाए, स्थानीय महिलासँग विवाह गरे र तीनजना सन्तान हुर्काए।

यसै हप्ताको सुरुमा गाजिबाद शहरमा रहेको झुपडबस्तीमा आफ्नो घरबाट उनी पक्राउ परे। पक्राउ पर्नुअघि ओमप्रकाशका विभिन्न परिचय रहेको प्रहरीले बताएको छ। उनले ट्रक चलाए, धार्मिक समारोहहरूमा गीत गाउने समूहको सदस्यका रूपमा छिमेकी गाउँहरूको भ्रमण गरे र कम बजेटका २८ वटा चलचित्रमा अभिनय समेत गरे।

ओमप्रकाश हिरासतमा छन् र उनले आफूविरुद्धका आरोपहरूका बारेमा प्रतिक्रिया जनाएका छैनन्। तर उनलाई पक्राउ गर्ने समूहका सदस्य समेत रहेका हरियाणाका एक स्पेशल टास्क फोर्सका सब(इन्स्पेक्टर विवेक कुमारले उनलाई १९९२ को हत्यामा सहयोगी भूमिका निर्वाह गरेको आरोपमा पक्राउ गरिएको बताए।

उनकी श्रीमती राजकुमारी आफ्ना श्रीमान्‌माथि लगाइएका आरोपसम्बन्धी समाचार प्रकाशन गरेका भारतीय समाचारपत्र पल्टाउँदै आफूहरू अझै आश्चर्यमा परिरहेको बताउँछिन्। उनले आफूहरूलाई उनीहरूको आरोपित आपराधिक पृष्ठभूमिका बारेमा केही थाहा नभएको र खुलासा भएका विवरणबारे सोधखोज गरिरहेको बताइन्।

परिवारले ओमप्रकाशमाथि आफूहरूसँग छलछाम गरेको आरोप लगाउँछन्। ‘मैले उनीसँग सन् १९९७ मा बिहे गरेँ र त्यसबेला मलाई उनको विवाह भइसकेको र उनको हरियाणामा परिवार रहेको थाहा थिएन,’ राजकुमारीको आरोप छ।

ओम प्रकाश हरियाणाको पानीपत जिल्लाको नरिआना गाउँका बासिन्दा हुन्। प्रहरी अधिकारी कुमारले भने, ‘ओम प्रकाशले भारतीय सेनाको सिग्नल युनिटमा १२ वर्षसम्म ट्रक चालकको काम गरे। चार वर्षसम्म सेवामा हाजिर नभएको आरोपमा उनलाई सन् १९८८ मा फौजबाट बर्खास्त गरिएको थियो।’

कुमारका अनुसार अनुसार ह’त्याको आरोप लाग्नुअघि पनि कैयौँ पटक उनीमाथि कानुन मिचेको आरोप लागेको थियो। सन् १९८६ मा उनीमाथि कार चोरेको आरोप लागेको थियो। त्यसको चार वर्षपछि उनीविरुद्ध मोटरसाइकल, सिलाउने मशिन र स्कुटर चोरीको आरोप लागेको थियो।

यी अपराधहरू विभिन्न जिल्लामा भएको र कतिपयमा उनी पक्राउ परेका र धरौटीमा रिहा भएका थिए। कुमारले दिएको जानकारी अनुसार सन् १९९२ को ज्यानुअरीमा ओमप्रकाश र अर्का एक व्यक्तिले मोटरसाइकलमा यात्रा गरिरहेका एक व्यक्तिमाथि लुटपाटको प्रयास गरेका थिए।

उनको आरोप छ, ‘ती व्यक्तिले प्रतिरोध गरेपछि उनीहरूले चक्कु प्रहार गरे। जब उनीहरूले गाउँलेहरू आफूहरूतिर आइरहेको देखे स्कुटर छाडेर उनीहरू भागेका थिए।’ कुमारका अनुसार दोस्रो व्यक्तिलाई पक्राउ गरिएको थियो। उनले धरौटीमा रिहा हुनुअघि सातरआठ वर्ष जेलमा बिताए।


तर ओमप्रकाश बेपत्ता भए र त्यसको केही समयपछि उक्त मुद्दाको सुनुवाइ रोकियो। प्रहरीले उनलाई एक ‘घोषित अपराधी’ को सङ्ज्ञा दियो र उनको फाइल त्यसै एउटा कुनामा थन्काइयो। आफ्नो गिरफ्तारीपछि उनले प्रहरीलाई हत्याको आरोप पछिको आफ्नो पहिलो वर्ष दक्षिण भारतको तामिलनाडु र आन्ध्र प्रदेशका मन्दिरहरूमा आश्रय लिएर बिताएको बताएका थिए।


त्यसको एक वर्षपछि उनी उत्तर भारतमा फर्किए, तर घर गएनन्। बरु १८० किलोमिटर पर गाजियाबादमा ट्रक चालकको रूपमा काम थाले र उनले आफूलाई स्थापित गराए। राजकुमारीसँग उनले सन् १९९७ मा विवाह गरेका थिए।


सन् १९९० को दशकमा उनले चलचित्रहरूका भिडिओ रिकर्डहरू पनि विक्री गर्ने र भाडामा लगाउने काम गरेका थिए। उनकी श्रीमतीका अनुसार समुदायमा उनी बजरङ्ग बली वा बजरङ्गीका रूपमा परिचित थिए। सन् २००७ देखि उनले स्थानीय हिन्दी भाषाका चलचित्रहरूमा सङ्क्षिप्त अभिनय समेत गर्ने गरेका थिए।


ती चलचित्रमा उनले गाउँको मुखिया, खलनायक, प्रहरी हवलदार, चलचित्रका संवाद र गीतमा पनि काम गरे। एउटा चलचित्र टकराव यूट्यूबमा ७६ लाख पटक हेरिएको थियो। कुमार भन्छन्, ‘उनले नयाँ आधिकारिक कागजपत्रहरू बनाएर मतदाता परिचयपत्र र आधारकार्ड समेत बनाएका थिए।’

0 Response to "एक यस्ता अपराधी जसले २८ चलचित्रमा अभिनय गर्दा समेत प्रहरीले पक्रन सकेन"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article