-->
जब बालेनको शैलीमा रवि लामिछाने काँधमा राष्ट्रिय झण्डा ओडेर सडकमा निस्किए

जब बालेनको शैलीमा रवि लामिछाने काँधमा राष्ट्रिय झण्डा ओडेर सडकमा निस्किए

 रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको खुला मञ्चमा शनिवार पहिलो राष्ट्रिय भेला आयोजना गरेको छ ।भेलामा देशभरबाट आएका रास्वपाका प्रतिनिधि, शुभचिन्तक सहभागी भएका थिए ।




राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने बताएका छन् । उनले पछाडि ‘बा’ भएका तीन जनालाई ससम्मान विदा गर्नुपर्ने भन्दै उनीहरुको नाम लिएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित सभामा उनले भने पछाडि ‘बा’ भएकाहरु केपी बा, देउवा र नानीका बा हरुलाई अब ससम्मान विदा गर्नुपर्छ किनकी अगाडि ‘बा’ भएकाहरु (बालेन साह) डोजर लिएर निस्किसके ।’

राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको भन्दै उनले अहिले भने उनीहरुको काम घिनलाग्दो भएको लामिछानेले बताए । उनले अहिलेको जस्तो घिनलाग्दो राजनीति जान्न र सिक्न आवश्यक नभएको बताए ।

उनले बाहरूले आफूलाई राजनीतिक सिक्न भने पनि आफूलाई उनीहरूले भनेजस्तो राजनीति सिक्न आवश्यक नभएको बताए । उनले भने– ‘ती तीन बाहरू केपी बा, देउवा, नानीका बा । पछाडि बा भएकाहरूलाई ससम्मान बिदा गरौँ किनकि अगाडि बा भएकाहरू डोजर लिएर निस्किसके ।

अब पछाडि बा भएकाहरूलाई स सम्मान बिदा गर्ने बेला भएको छ । मैले यस कारण मैले राजनीति जान्नु भनेको कि राजनीतिका घिनलाग्दा दाउपेच जान्नु छैन भनेको हो ।’उनले काठमाडौँका मेयर बालेन शाहको प्रशंसा गर्दै जनताको छोरो डोजर लिएर जाँदा कानुनी छिद्र खोजेर काम गर्न नदिने प्रयास भइरहेको बताए ।

उनले भने–‘जनताको छोरो आज डोजर लिएर निस्किएको छ, कानुनको छिद्र खोजेर न्यायालयसम्म पहुँच भएका मान्छेहरूले २ मिनेट मात्रै समय पाएछन् भने अदालत पुगेर त्यो बेथितिलाई निरन्तरता दिनेछन् । त्यो बुझेको छोरो डोजर लिएर यसै निस्किएको छैन ।’

उनले राजनीतिक दललाई पोस्नुछैन भने एउटा इमानदार कार्यकारीले धेरै काम गर्न सक्ने उनले बताए । उनले राजनीतिक दलका भातृ संगठनहरु राज्य दोहनमा क्रियाशील भएको बताउँदै आफ्नो दलले भातृ संगठन नबनाएको उल्लेख गरे ।

0 Response to "जब बालेनको शैलीमा रवि लामिछाने काँधमा राष्ट्रिय झण्डा ओडेर सडकमा निस्किए"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article