-->
बिजय शाहीको ठगि धन्दा फेरी शुरु

बिजय शाहीको ठगि धन्दा फेरी शुरु

 कालीकोटका विजय शाहीले फेरी ठगि धन्दा शुरु गरेका छन् । स्वघोषित मेमोरी किङ दाबि गर्ने शाही केहि बर्ष पहिला निकै चर्चामा आएका थिए । हुटुटु… शैलीमा किताबका पाना पल्टाएर भाइरल भएका शाही पछी चिट गरेको खुले पछी भूमिगत भएका थिए ।




युतुब र मिडिया दुरुपयो गर्दै झुटको खेति गरेका शाहीले आफु सँग फरमुला रहेको र त्यो अरुलाई पनि सिकाउने भन्दै बिद्यार्थीहरु सँग पैसा उठाएका थिए । शाहीले दाबि गरे जस्त्यो बिद्यार्थी हरुलाई कुनै फर्मुला सिकाउँन नसके पछी बिद्यार्थीहरुले पैसा फिर्ता मागे का थ्यिए ।

बिद्यार्थीले आफुहरुले बुझाएको लाखौ रकम फिर्ता मागेपछि शाही आफैले आफु मरेको फोटो समेत भाइरल बनाएका थिए । बिदेशी एक युटुबरले उनले स्क्याम गरेको खुलाशा गरेपछी शाही आफुमा दैबी शक्ति भएको बताउदै आएका छन् ।

आफुमा दैबी शक्ति भएको बताउदै आएका तिनै शाहीले दशैको मुखमा ठगि धन्दा चलाएका छन् ।बिजय दशमी अगाडी ५० जनालाई टिप्स दिने भन्दै शाहीले एक स्टाटस पोस्ट गरेर तुरुन्त सम्पर्क गर्न फेसबुक मार्फत आह्वान गरेका छन् ।

उनले भनेका छन् नेपाल सरकारले तिमीसंग भएको क्षमता हामी हेर्छौ भन्ने कुराको विश्वास दिलाउनु भएको छ र यसै क्रममा मेरो क्षमतामाथी विश्वास गर्दै धेरै मित्रहरुले हामिलाइ Tips दिनुपर्यो भनेर बारम्बार आग्रह गर्दै पटक-पटक मेसेज गरिराख्नु भएको छ त्यसैले विजय दशमी भन्दा पहिलेनै लगभग ५०जनासम्मलाई मात्र सिकाइन्छ ।

हेरौ बिजय सहेको पोस्ट -नेपाल सरकारले तिमीसंग भएको क्षमता हामी हेर्छौ भन्ने कुराको विश्वास दिलाउनु भएको छ र यसै क्रममा मेरो क्षमतामाथी विश्वास गर्दै धेरै मित्रहरुले हामिलाइ Tips दिनुपर्यो भनेर बारम्बार आग्रह गर्दै पटक-पटक मेसेज गरिराख्नु भएको छ ।

त्यसैले विजय दशमी भन्दा पहिलेनै लगभग ५०जनासम्मलाई मात्र सिकाइन्छ अनि सबैजनालाई Reporters Club भित्र लगेर उहाँहरुको प्रतिक्रियाको लाईभ प्रसारण गरिनेछ, Orientation Class धेरै ठाउँमा गरियो तर अब सिकाएरै अगाडि बढिनेछ भन्ने कुराको जानकारी दिदैँ इच्छुक महानुभावले समयमै सम्पर्क गर्नु होला”

0 Response to "बिजय शाहीको ठगि धन्दा फेरी शुरु"

Post a Comment

Ads on article

Advertise in articles 1

advertising articles 2

https://www.videosprofitnetwork.com/watch.xml?key=cf2d21b1b0f81c640f3ab680d9859080

Advertise under the article